झोलुंगे पुलले  जनजीवनमा ल्याएको सहजता

समाचार
राजविराज,१८ असार
 झोलुंगे पुलले पहाडी क्षेत्रको जनजीवनमा सहजता ल्याएको थुप्रै दृष्टान्त छ, तर सप्तरी को लौनियाँमा पनि झोलुंगे पुल निर्माणले जन जीवन सहज भएको छ भन्ने सुन्दा आश्चर्य लाग्न सक्छ तर यो वास्तविकता हो  ।  ठूला पूल निर्माणमा ठूलै रकम लगानी लाग्ने र समय पनि अधिक लाग्ने हुँदा सानो लगानीमा नदी आरपार गर्न तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर २ स्थित निर्माण गरिएको झोलुंगे पुलले स्थानीयलाई आवतजावतमा सहजता पुर्याएको  छ । वस्ती विस्तार हुदै जाँदा बिचमै खाँडो नदिले गर्दा स्थानिय बासिन्दाहरुलाई आवजावत गर्नमा निकै समस्या थियो । नदिमा आउने बाढीले गर्दा विद्यार्थीहरुलाई विद्यालय जान तथा स्थानियबासिहरुलाई समेत विभिन्न काममा समस्या खेप्नुपरेकाले पुल निर्माण भएपछि स्थानियबासिन्दाहरु खुशी भएका छन् । कुल ६४ मिटर लम्बाई तथा २ मिटर चौडाई भएको झोलुङ्गे पुल विधिवत् रुपमा उद्घाटन गरिएको छ । झोलुङ्गे पुल निर्माण सहयोग एकाई ट्रेल ब्रिज सपोर्ट युनिट, बर्दिबासद्धारा ५४ लाखको लागतमा पुल निर्माण गरिएको हो ।
आर्थीक रुपमा लागत कम लाग्ने, चाडै निमार्ण सम्पन्न हुने, स्थानीय कृषि उपज विक्री वितरणको लागि सहजै हाटबजार सम्म लैजान सकिने, बाढीको समयमा आवतजावत गर्दा जोखिम नहुने भएकाले सप्तरी जिल्लामा झोलुंगे पुलको आकर्षण बढेको छ ।
प्रदेश २ का बारा, पर्सा, सर्लाही, रौतहट तथा सप्तरी  लगाएतको जिल्लामा पछिल्ला बर्षहरुमा झोलुङ्गे पुल निमार्णमा तिब्रता आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *