सुशासनका लागि प्रणाली विकासमा पत्रकारको भूमिका महत्वपूर्णः प्रजिअ पाण्डे

कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट

भक्तपुर, २९ असाेज

सन्दर्भः जनसञ्चार स्मारिका २०७७ विमोचन

जनसञ्चार गृह भक्तपुरले सञ्चालन, प्रवर्द्धन गर्दै आएको रेडियो जनसञ्चार १०७.९ मेगाहर्जले आज जनसञ्चार स्मारिका २०७७ विमोचन गरेको छ । भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको कार्यकक्षमा पत्रकारहरूमाझ जनसञ्चार स्मारिका विमोचन गरको हो । स्मारिका विमोचन गर्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले विश्वभर राज्यको चौथौं अंगको रुपमा परिचित पत्रकारिता क्षेत्रले सुशासनका लागि जिम्मेबारीपूर्वक पत्रकारहरुले भूमिका निर्वाह गर्दै आएको विचार व्यक्त गरिन् । एकिकृत तथ्यांगको अभावमा सामाजिक सुरक्षा भट्टा वितरणमा समेत दुरुपयोगका घटना सुन्न परिरहेको उल्लेख गर्दै जनताको शान्ति, सुरक्षा, जनगुनासो सुनुवाइमा पत्रकारहरुको महत्वपूर्ण भूमिका रहेको उनकाे ठहर छ। रेडियो जनसञ्चारको सही र सकारात्मक समाचार एवं सामग्री प्रसारण राम्रो लागेको उल्लेख गर्दै उनले राम्रो गर्नका लागि कमी कमजोरी औल्याइ दिनु पत्रकारिताको दायित्व भएको बताइन्। ब्यक्तिगत विषयवस्तु भन्दा सामुहिक विषयलाई बढी महत्व दिनुपर्नेमा जोड दिन्दै समुदायका धेरै विषयवस्तुको उत्थानका लागि पत्रकारिता गर्न सकिने विचार व्यक्त गरिन् ।

कोरोना भाइरस रोकथामका स्वास्थ्य मापदण्ड उलंघन गर्ने भक्तपुरका ८ हजारलाई कार्वाही गरी ८ लाख राजश्व संकलन समेत भएको प्रजिअ पाण्डेले बताइन् । स्वास्थ्य मापदण्ड उलंघन गर्ने ५० हजारलाई सचेतना समेत यस अवधिमा दिएको चर्चा गर्दै उनले चाडपर्व लक्षित गतिविधि नियन्त्रण र बजार अनुगमणलाई अहिले प्राथमिकता दिएको पनि बताइन् ।
रेडियो जनसञ्चारले स्थापना काल देखि हरेक वर्ष स्थापना दिवसको अवसरमा जनसञ्चार स्मारिका प्रकासन गर्दै आएको स्मरण गर्दै गृहका अध्यक्ष एवं स्टेशन म्यानेजर सुरेशप्रसाद सायंजूले सो अवसरमा सामुदायिक रेडियो पत्रकारीताका लागि रेडियो जनसञ्चारले समुदायको विषयवस्तु समुदायकै आवाजबाट प्रसारणलाई जोड दिँदै आएको उल्लेख गर्दै वर्षभरीमा गरेका गतिविधिहरुलाई अभिलेखीकरण गर्न बार्षिकरुपमा जनसञ्चार स्मारिका विमोचन गर्दै आएको बताए। भक्तपुरमै पहिलो पटक समुदायमा आधारित रेडियोको रुपमा विकास गर्न ग्रामिण क्षेत्रमा भन्दा धेरै चुनौती महसुस गरेको उल्लेख गरे । सामुदायिक भावना र रेडियो अभियान बारे समुदायमा जानकारी दिन आवश्यक भएकोमा जोड दिए । विभिन्न समस्या र चुनौतीहरुका बीच समुदायको अपनत्व हुने गरी समुदायमा आधारित रेडियोको रुपमा विकास गर्दै आएको उनले  उल्लेख गरे ।

सो अवसरमा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुस्कर बुढाथोकीले रेडियो जनसञ्चारले भक्तपुरका सञ्चार छेत्रमा छुटै योगदान गरी रहेको बताए। रेडियो जनसञ्चारले गर्दै आएका सकारात्मक कुराहरु सबै स्मारिमा प्रकाशित नभए पनि रेडियो जनसञ्चारले खेल्दै आएको भूमिका उल्लेखनिय रहेको आफूले पाएको बताए। उनले साना सञ्चार गृहमा भन्दा ठूला सञ्चार गृहमा कोडिभ १९का कारण समस्या देखिएको बताए। कोरोना भाइरसको संकतमा श्रमजीवी पत्रकारहरुलाई पारिश्रमिक नदिने र निकाल्ने सम्मका गतिविधि भइरहेको दुखद् भएको बताए ।

स्वतन्त्र पत्रकार संघ भक्तपुरका अध्यक्ष इन्दुल केसीले नेपालमा पत्रकारिताको विकासक्रमको अनुभव सुनाउँदै उनले भक्तपुरको एउटा समाचार प्रकाशन गर्न काठमाडाैंसम्म साईकल चढेर पुग्नुपर्ने अवस्थाबाट पत्रकारिता गरेको बताए । रेडियो जनसञ्चारले समुदायको आवाज प्रसारण गर्दै आएको बताउँदै यसरी नै प्रसारण गर्न थप प्राविधिक सुधार दक्ष जनशक्ति र स्रोत परिचालन गर्न आवश्यक भएका सुझाब दिए।
राष्ट्रिय नेवाः पत्रकार दवु भक्तपुकार अध्यक्ष राम तमखुको समेत सहभागितामा भएको सो विमोचन भेलामा गृहका महासचिव प्रेम प्रजापतिले सहकर्मी साथीहरुको निरन्तर सहयोग र साथले रेडियो जनसञ्चार विकास हुँदै आएको बताए। समुदायमा आधारित रेडियोको रुपमा विकास गर्न जनसञ्चार गृहका साथीहरुले नेतृत्व गर्दै आएको उल्लेख गर्दै सहयोगी समुदायमा धन्यबाद व्यक्त गरे भने गृहका सदस्य कृष्ण किसीले २० वर्षे पत्रकारिताको अनुभवसँगै रेडियो जनसञ्चारमा आवद्ध भइ पत्रकारिता गर्न पाएकोमा खुसि रहेको बताए । उनले भने, अझै पनि म यस रेडियोका लागि योगदान दिन चाहन्छु । सहभागी हुन चाहन्छु ।


गत चैत्र ११ गते जनसञ्चार विमोचन एवं रेडियोको ११ स्थापना दिवस मनाउने तयारीको क्रममा विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण सरकारले लक डाउन गरेपछि स्थगित भएको सो कार्यक्रम अन्तर्गत स्मारिका विमोचन आज आयोजना गरेको हो । स्मारिकामा जनसञ्चार गृह र रेडियो जनसञ्चारले वर्षभरी खेलेका महत्वपूर्ण गतिविधिहरु, अनुभव र सिकाईहरु तथा समुदायको सल्लाह सुझावहरुलाई प्रकाशित गरेको छ ।

      

Leave a Reply

Your email address will not be published. Required fields are marked *