Tuesday, April 21, 2026

भक्तपुर जिल्लामा २२ जना संक्रमित, बालकोटमा ३ महिने शिशु पनि

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

भक्तपुर, १० भदाै

बुधबार भक्तपुर जिल्ला सुर्यबिनायक नपा बालकोटमा उल्लेख्य सङ्ख्यामा कोभिड–१९ का सङ्क्रमित फेला परेका छन् । जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरबाट प्राप्त जानकारीअनुसार बालकोटका ८ जना व्यक्तिमा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये एक जना ३ महिने शिशु र ७ वर्षका बालक पनि रहेका छन् । बालकोटका ५८ वर्षका पुरुष, ५३ वर्षका महिला, ६५ वर्षका महिला, ४५ वर्षका महिला, २२ वर्षका पुरुष र ३० वर्षका पुरुषमा कोभिड–१९ पुष्टि भएको हो ।
त्यस्तै सुर्यबिनायक नपाकै चारदोबाटोका २४ वर्षका महिला, दधिकोटका ६७ वर्षका महिला, नयाँ थिमि(राजमार्गको दक्षिण) का २९ वर्षका पुरुषमा पनि कोभिड–१९ पुष्टि भएको छ ।
संक्रमितमध्ये मध्यपुर थिमिका ८ जना रहेको बताइएको छ । लोकन्थलीका ४४ वर्षका पुरुष, कौशलटारका ५३ वर्षका पुरुष, कौशलटारकै ५३ वर्षका महिला, मथिनपा वडा नं ५ का ३३ वर्षका पुरुष, मथिनपा वडा नं ६ का ४९ वर्षका महिला, वडा नं ५ का ३० वर्षका महिला, नगदेशका ६४ वर्षका पुरुष र नगदेशकै ११ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका निष्ठा बल्लले जानकारी दिइन् ।
भक्तपुर नगरपालिका वडा नं २ व्यासीका एक जना २४ वर्षका महिलामा पनि कोभिड–१९ संक्रमण पुष्टि भएको बताइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित पत्रकार भेटघाटमा भक्तपुरबाट २४ जना संक्रमित भनिएको मध्ये एक जनाको दोहोरो परीक्षणमा पुनः कोभिड देखिएको र एक जना मंगलबारको नाम दोहोरिएको बल्लले बताइन् ।
बाँकी २ जनाको भने सम्पर्क खुलिनसकेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *