बैंक तथा वित्तीय संस्था आजदेखि एकदिन बिराएर खुल्ने

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, ९ भदाै

कैलालीमा आजदेखि बैंक तथा वित्तीय संस्थाहरू एक दिन बिराएर खुल्ने भएका छन् । एक दिन बिराएर खुल्दा पनि बिहान ८ बजे देखि ११ बजे सम्म मात्र खुल्ने भएका हुन्। बैंक तथा वित्तीय संस्थामा भीडभाड व्यवस्थित नहुँदा कोरोनाभाइरस संक्रमण फैलिने जोखिम बढेपछि यस्तो निर्णय भएको बैंकर्स क्लव धनगढीका अध्यक्ष धर्मराज बिष्टले बताए ।
हिजो राष्ट्र बैंक र बैंकर्स क्लवका पदाधिकारीको उपस्थितिमा राष्ट्र बैंकमा भएको छलफल पछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा हप्तामा तीन दिन बिहान ८ देखि ११ बजेसम्म मात्र बैंक तथा वित्तीय संस्था खोल्न दिने निर्णय भएको अध्यक्ष बिष्टले बताए । जिल्ला प्रशासन कार्यालय कैलालीको निर्णय अनुसार सोही निर्णय आजदेखि नै लागु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *