सातामा दुई दिन बिदा दिने सरकारको निर्णय

विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाताकाठमाडाैं, १५ बैशाख

सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ ।

मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ देखि लागू हुने गरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

इन्धनमा हुने करोडौँ रुपैयाँ घाटा कम गर्न नेपाल आयल निगमले आइतबार पनि बिदा दिने प्रस्ताव गरेको थियो ।

कार्यालय समय पनि बिहान ९ः३० देखि साँझ ५ः३० कायम गरिएको छ । पहिला कार्यालय समय १०–५ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *