कोरोनाबाट काठमाडौं महानगरपालिका वडा-२१ का कांग्रेस सभापतिको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ९ भदाै

कोरोना भाइरस संक्रमणबाट काठमाडौं महानगरपालिका वडा नं २१ का नेपाली कांग्रेस सभापति गोविन्द रञ्जितको निधन भएको छ । सभापति रञ्जित ज्यूको कोरोना कारण गए राति निधन भएको जनाइएको छ ।

कांग्रेस सभापति रञ्जितलाई कोरोना संक्रमण भएपछि काठमाडौंको बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्तालमा उपचार हुँदै आएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

१३ दिन अघिदेखि ज्वरोखोकी लागेका रञ्जित आइतबार अस्पताल भर्ना भएका थिए। निकै गाह्रो भएपछि अस्पताल पुगेका उनलाई सीधै भेन्टिलेटर लगिएको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *