रूकुम पश्चिममा एक वर्षमा एकहजार ५ सय सवारीसाधन कारबाहीमा

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट
रुकुम, ८ भदौ


गत आर्थिक वर्षमा रुकुम पश्चिममा १ हजार ५ सय ४० सवारीसाधन कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार सो अवधिमा ८ सय ९३ मोटरसाइकल, १ सय ९३ टयाक्टर, १ सय ९३ जीप, १ सय ६५ वटा बस र ८६ वटा ट्रक कारबाहीमा परेका छन् ।

कारबाहीबाट १५ लाख ७ हजार ५ सय राजस्व संकलन भएको छ । जसमा मोटरसाइकल बाट ८ लाख ३८ हजार, ट्रक बाट १ लाख ७२ हजार ५ सय, जीपबाट १ लाख ७२ हजार, बसबाट १ लाख ३८ हजार ५ सय र ट्रक बाट ८६ हजार ५ सय राजस्व उठेको जिल्ला ट्राफिक कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख लक्ष्मण विश्वकर्माले जानकारी दिएका छन् ।

विभिन्न सवारीसाधनबाट जरिवाना स्वरुप उक्त रकम राजस्वमा जम्मा गरिएको जिल्ला ट्राफिक कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख विश्वकर्माले जानकारी दिए । उनका अनुसार सबै भन्दा बढी ट्राफिक नियम विपरित चल्नेमा मोटरसाइकल रहेका छन् ।
ट्राफिक कार्यालयका अनुसार आर्थिक बर्ष २०७६÷२०७७ मा १२ वटा सवारीसाधन दुर्घटना भएको, ९ जनाको निधन भएको छ ।
यस्तै दुर्घटनाबाट ३८ जना घाइते भएका छन् । गत बर्षको तुलनामा यस बर्ष सवारीसाधन कारबाही र राजस्व संकलनमा कमी भएको छ । गत बर्षमा ४ हजार ५ सय ८८ वटा कारबाहीमा परेका थिए भने २६ लाख ३ हजार राजस्व संकलन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *