चितवन जिल्लामा ४५ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुंँचमा

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट
चितवन, ८ भदौ


मेडिकल सिटीको रुपमा विकसित हँुदै गएको चितवन जिल्लामा ४५ प्रतिशत नागरिक मात्रै स्वास्थ्यको बीमाको पहुंँचमा रहेका छन् ।
स्वास्थ्य बीमा बोर्ड, चितवनका अनुसार जिल्लामा ५ लाख ९२ हजार ६ सय १ जनसंख्या मध्ये २ लाख ६७ हजार ४४ जनाले मात्र स्वास्थ्य बीमा सुविधा लिएका छन् । कुल ७० हजार ७ सय २२ घरपरिवारले स्वास्थ्य बीमा गरेका हुन् । जिल्लामा ११ हजार २ सय ७३ परिवार संख्याको निःशुल्क बीमा भएको छ ।

कार्यालयकी चितवन प्रमुख निर्मला भट्टराईले शहरका नागरिकको भन्दा गाउंँक्षेत्रका नागरिकले बीमा अनुपात कम भएकोले समग्ररुपमा यसको प्रतिशतमा कमी आएको बताइन् । ‘शहरबजारतिरका नागरिकहरुको लागि अस्पतालको पहुंँचमा हुन्छन्, उनले भनिन्, गाउँतिरका मानिसका लागि अस्पतालको सहज पहुंँच पनि छैन ।’ उनका अनुसार गाउँक्षेत्रका मानिसमा सचेतना कम हुने र बीमा गर्नको लागि आर्थिक क्षमता नभएकोले बीमाको दायरा बढाउन नसकिएको हो । पछिल्लो समय सरकारले तोकेको मात्रै सरकारी अस्पतालहरुमा यो सुविधा पाउने र अस्पतालमा अत्यधिक भीड भएको कारण बीमा गर्नेको संख्यामा वृद्धि हुन नसकेको उनको भनाइ छ ।

सबैभन्दा बढी बीमा गर्ने भरतपुरमहानगरपालिका

जिल्लाका ७ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी बीमा गर्नेहरु भरतपुर महानगरपालिकाका रहेका छन । कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा २ लाख ८१ हजार तीनसय ४ जनसंख्या मध्ये १ लाख ४५ हजार १ सय ५१ परिवार संख्याले बीमा गरेका छन् । जहांँ बीमित परिवार संख्या ३८ हजार ६ सय ४७ रहेका छन् ।

यस्तै सबैभन्दा कम चितवनको एकमात्र गाउंँपालिका इच्छाकामना रहेको छ । सो गाउंँपालिकामा २५ हजार १६ जनसंख्या मध्ये जम्मा १ हजार २ सय ३७ जनाले स्वास्थ्य बीमा गरेका छन् । जहांँ बीमित परिवार संख्या २ सय ९८ रहेको छ ।

सबैभन्दा दोस्रो बढी बीमा गर्ने रत्ननगर नगरपालिका रहेको छ । कार्यालयका अनुसार रत्ननगर नगरपालिकामा ८४ हजार १ सय ५ जनसंख्या रहेको मध्ये ४४ हजार ३ सय ६४ जनाले बीमा गरेका छन् । जहांँ बीमित परिवार संख्या ११ हजार ४ सय ३६ रहेको छ ।

यस्तै खैरहनी नगरपालिकामा ५६ हजार ३ सय ५४ जनसंख्या मध्ये २७ हजार ९ सय ७१ जनाले बीमा गरेका छन् । जहांँ बीमित गर्ने ७ हजार ५ सय ५८ परिवार संख्या रहेका छन् । राप्ती नगरपालिकामा ६२ हजार १ सय २२ जनसंख्यामध्ये १६ हजार ५ सय ३१ जनाले स्वास्थ्य बीमा गरेका छन् । उक्त नगरपालिकामा ४ हजार २ सय ४ परिवार संख्याले बीमा गरेका छन् । माडी नगरपालिकामा ३९ हजार ७ सय जनसंख्या मध्ये १५ हजार १ सय ८१ सदस्यले बीमा गरेका छन् । जहांँ बीमा गर्ने ४ हजार ३ सय ४४ परिवार संख्या रहेको छ । र कालिका नगरपालिकामा ४४ हजार जनसंख्या मध्ये १६ हजार ६ सय ९ जनाको स्वास्थ्य बीमा भएको छ । जहांँ बीमा गर्ने परिवार संख्या ४ हजार २ सय ३५ रहेको छ ।
कार्यालयकी प्रमुख भट्टराईले जनसंख्याको घनत्वको अनुपात, बीमाको सुविधा र स्वास्थ्यसेवा पहुंँचको आधारमा स्थानीय तहमा बीमा गर्ने नागरिकको अनुपात उत्तारचढाव हुने बताइन् ।

पूर्वी चितवनको रत्ननगर अस्पताल, माडीको बघौडा अस्पताल, त्यस्तै जुटपानी प्राथमिक स्वास्थ्य चौकी, शिवनगर प्राथमिक स्वास्थ्य चौकीले स्वास्थ्य बीमाको सुविधा दिँदै आइरहेका छन् ।

कोभिड १९ ले स्वास्थ्य जनचेतनामा वृद्धि

विश्वभरी फैलिरहेको कोरोना भाइरस कोभिड १९ का कारण स्वास्थ्य बीमा जनचेतनामा वृद्धि भएको छ ।
अघिल्ला बर्षहरुमा यसबारे अनभिज्ञ भएपनि हाल स्वास्थ्य जनचेतनामा वृद्धि हँुदै गएको चितवनमा स्वास्थ्य बीमा दर्ता सहयोगीहरु बताउंँछन् । कोरोना भाइरस लगायत अन्य रोगको जोखिमका कारण स्वास्थ्य बीमा सचेतनाका साथै संख्यामा वृद्धि हुँदै गइरहेको उनीहरुको भनाइ छ ।
भरतपुर महानगरपालिका वडा नम्बर २ मा कार्यरत दर्ता सहयोगी अञ्जु अर्याल अघिल्ला बर्षहरुमा भन्दा अहिले स्वास्थ्यबीमा प्रति आकर्षण बढेको बताउंँछिन् । ‘पोहोर त कर गरेर नवीकरण र नयांँ बीमित खोज्नुपथ्र्यो, उनले भनिन्, अहिले आफै कल गरेर बोलाउनु हुन्छ ।’ उनका अनुसार रोगको महामारीका कारण मानिसको सचेतनामा वृद्धि भएको कारण स्वास्थ्य बीमा गर्ने वृद्धि हँुदै गएका हुन् ।

यस्तै भरतपुर महानगरपालिका वडा नम्बर १२ की दर्ता सहयोगी गंगा अधिकारी पहिलेको तुलनामा अहिले क्रमिक रुपमा सचेतना बढेको बताउंँछिन् ।‘ नयांँ र नवीकरण गर्ने मानिस त बढेका छन्, उनले भनिन्, अझै यसको बारेमा स्थानीय तहबाट थप पहल गर्नुपर्छ ।’ महामारीमा मानिसले भोक भन्दा रोगलाई प्राथमिकता राखेको कारण पनि स्वास्थ्य बीमा सचेतनामा वृद्धि भएको उनको भनाइ छ ।

गत बर्षदेखि उपचार बीमा रकम बढेको कारण र तुलनात्मक रुपमा उपचार खर्च सस्तो भएकोले जनचेतनाको साथै बीमितको संख्या बढ्दै जाने बताउंँछिन् रत्ननगर नगरपालिकाकी बीमा दर्ता सहयोगी मुना खनाल । ‘सरकारले स्वास्थ्य सुविधाको पहुंँच पनि बढाउनुप¥यो, जनचेतना र दायरा पनि बढाउनु प¥यो ।’ उनले भनिन् । उनका अनुसार लकडाउनका कारण बीमा नवीकरण र दर्ता गर्न घरघरमा जान नसकेपनि फोनबाट नै बुकिङ्ग गर्ने गरेको उनले बताइन् । स्वास्थ्य बीमा बोर्ड, चितवनका अनुसार जिल्लामा १ सय २१ जना दर्ता सहयोगी परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *