न्यूज अपडेट
काठमाडाैं, १७ मंसिर
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सँगै नेपालमा २ लाख १८ हजार १ सय ६१ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार ९२ दशमलब ३ प्रतिशत संक्रमित निको भएर घर फर्किसकेका छन् ।
आज मन्त्रालयका अनुसार ८ हजार ३ सय जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १७ लाख ५४ हजार ६ सय ३० जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ६ सय ५ जना क्वारेन्टाइनमा छन्। नेपालमा १६ हजार ५ सय ४७ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।