नर्सिङ लाइसेन्स परीक्षामा ४९ प्रतिशत उत्तीर्ण

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १३ मंसिर

नेपाल नर्सिङ काउन्सिलले नर्सिङ तथा मिडवाइफहरुको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ। काउन्सिलले आज लिएको परीक्षाको नतिजा प्रकाशित गरेको हो।सार्वजनिक नतिजा अनुसार नर्सिङ तर्फ ४९ दशमलव २९ प्रतिशत र मिडवाइफ तर्फ ६६ दशमलव ६६ प्रतिशत उत्तीर्ण भएका छन्। नर्सिङ तर्फ १ हजार २७० जना परीक्षामा सहभागि भएका थिए। जसमध्ये ६२६ जना उत्तीर्ण भएका छन्।

यस्तै मिडवाइफ तर्फ ६ जनाले परीक्षा दिएकोमा ४ जना उत्तीर्ण भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *