काठमाडौं उपत्यकामा ९८ कोरोना संक्रमित थपिए

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ३२ साउन

गत २४ घण्टामा काठमाडौं उपत्यकामा ९८ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंमा ८०, भक्तपुर र ललितपुरमा ९/९ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बीध ल्याब ललितपुरमा गरिएको परीक्षणमा काठमाडौंका १० र ललितपुरका १, वीर अस्पतालमा भक्तपुरका १ र काठमाडौंका ३ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

बि एण्ड बि अस्पतालमा ललितपुरका १, नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा भक्तपुरका ८ र काठमाडौंका ४, नेपाल प्रहरी अस्पताल प्रयोगशालामा काठमाडौंका २४, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका २४ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, श्री विरेन्द्र अस्पतालमा काठमाडौंका ३, सुरिया हेल्थ केयर प्रा.लि लाजिम्पाटमा काठमाडौंका २, स्टार अस्पताल सानेपामा काठमाडौंका १० र ललितपुरका ७ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *