इन्टर मिलानलाई हराउँदै सेभियाले जित्यो युरोपा लिगको उपाधि

खेलकूद विशेष समाचार समाचार

न्यूज अपडेट

एजेन्सी, ६ भदाै

इन्टर मिलानलाई हराउँदै सेभियाले जित्यो युरोपा लिगको उपाधि

युरोपा लिगको गएराति भएको फाइनल खेलमा इन्टर मिलानलाई हराउँदै सेभियाले उपाधि जितेको छ। फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई ३-२ को संघर्षपूर्ण जित निकाल्दै सेभियाले छैटौं पटक युरोपा लिग च्याम्पियन बनेको हो।

सेभियाको जितमा लुक डी जोङले २ गोल गर्दा इन्टरका रोमेलु लुकाकुले १ गोल आत्मघाती गरे। त्यस्तै इन्टरका लागि लुकाकु र डिएगो गोडिनले समान १/१ गोल गरे।

खेलको सुरुमै इन्टरले अग्रता बनाएको थियो। खेलको पाँचौं मिनेटमै पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै इन्टरले अग्रता बनाएको थियो। इन्टरका लागि रोमेलु लुकाकुले गोल गरेका थिए। लुकाकुको यो सिजनको त्यो ३४ औं गोल हो।

खेलको १२ औं मिनेटमै सेभिया लुक डी जोङले खेल बराबरीमा ल्याए। उनले नै ३३ औं मिनेटमा पनि गोल थपे। डी जोङले दुबै गोल हेडिङमार्फत गरेका थिए। उता इन्टरका लागि डिएगो गोडिनले ३५ औं मिनेटमा गोल गर्दा पहिलो हाफमा खेल २-२ को बराबरीमा टुंगियो।

दोस्रो हाफमा लुकाकुले निर्णायक गोल गरे। आत्मघाती गोल। ७४ औं मिनेटमा उनले गरेको आत्मघाती गोल सेभियाको जितका लागि निर्णायक बन्न पुग्यो। र, सेभियाले ३-२ ले इन्टरलाई पछि पार्दै युरोपा लिगको उपाधि जित्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *