पहिरो खसेपछि नारायणगढ मुग्लिन सडक अवरुद्ध

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट

चितवन, ६ भदाै

फाइल फोटो

सुख्खा पहिरो खसेपछि नारायणगढ –मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज विहान करिब १ बजेतिर इच्छाकामना गाउँपालिका  वडा नम्बर ५ को ३ नम्वर पुल नजिक सुख्खा पहिरो खसेको हो । पहिरो खसेसँगै  सडक पूर्णरुपमा अवरुद्ध भएको  प्रहरीले जनाएको छ।

केही बेरमा पहिरो पन्छाउने काम शुरु हुने प्रहरीले जानकारी दिएको छ। पहिरो खसेसँगै अत्यावश्यक भएर गुडेका सवारी साधन रोकिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *