काठमाडौं उपत्यकामा ६ हजार आइसोलेसन बेडको व्यवस्था गर्ने सरकारको निर्णय

राजनीति समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ५ भदाै

सरकारले काठमाडौं उपत्यकामा रहेका अस्पताल र मेडिकल कलेजहरूमा कम्तीमा ६ हजार आइसोलेसन बेडको व्यवस्था गर्ने निर्णय गरेको छ।बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

यसको संयोजन भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने भएको सरकारका प्रवक्ता समेत रहेका डा युवराज खतिवडाले जानकारी दिए।

यस्तै बैठकले अन्तर जिल्ला आवागमन र सीमा क्षेत्रमा आवतजावतमा थप कडाइ गर्ने निर्णय सरकारले गरेको छ।

स्वास्थ्य प्रोटोकलहरूको अनिवार्य रूपमा पालना गर्ने र गराउने समेत निर्णय भएको प्रवक्ता डा खतिवडाले जानकारी दिए। मापदण्ड र प्रोटोकल पालना नगर्नेलाई प्रचलित कानुन अनुसार कारबाही गरिने समेत उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *