‘कोभिड–१९ को सन्दर्भ र क्युवाको स्वास्थ्य प्रणाली’ विषयक अन्तरक्रिया कार्यक्रम

विशेष समाचार समाचार स्वास्थ्य
भक्तपुर, ३२ साउन

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले जनताबाट चुनिएको सरकारले जनताप्रतिको आफ्नो कर्तव्य तथा जिम्मेवारी बहन नगर्दा सर्वसाधारण जनताले दुःख पाएको बताए ।

उनले देशमा असन्तुलित विकासले जनसंख्या काठमाण्डौ उपत्यका केन्द्रीत हु“दा विषम परिस्थितिले विकराल रुप लिने र सोको व्यवस्थापन असंभव हुने भएकोले सन्तुलित विकासमा जोड दिनुपर्ने कुरामा सरकारको ध्यानाकर्षण गराए।

ख्वप बहु–प्राविधिक अध्ययन संस्थानका शिक्ष्ँक तथा कर्मचारीहरुबीच अनलाइनमार्फत भएको ‘कोभिड–१९ को सन्दर्भ र क्युवाको स्वास्थ्य प्रणाली’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पार्टी सचिव सुवालले समाजवादउन्मुख देश भनी संविधानमा उल्लेख गरे पनि सरकारले शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउन नसकेकोमा सरकारमा गएका पार्टीहरु जिम्मेवार भएको बताए। नामले वामपन्थी भए पनि व्यवहारमा दक्षिणपन्थी चरीत्र देखाउने दुई तिहाइको सरकार पनि नीजिकरणलाई बढावा दिँदै संविधानमा मौलिक हक अन्तर्गत रहेका शिक्षा र स्वास्थ्यलाई गरीव जनताको पहु“चभन्दा बाहिर पुर्‍याउने कार्यमा उद्यत रहेको बताए ।

उनले चीन, क्युवा, प्रजग कोरियाजस्ता समाजवादी देशहरुमा जनताप्रति सरकारको जिम्मेवारीबोधका कारण कोभिड १९ को संक्रमण नियन्त्रणमा ठूलो सफलता प्राप्त गरेको वास्तविकता औंल्याउनु हुँदै आफूलाई विश्व शक्ति ठान्ने अमेरिका, युरोपका देशहरुको पूँजीवादी व्यवस्था तथा साम्राज्यवादी चिन्तनको कारण महामारी नियन्त्रण गर्न असफल भएको बताए।

‘पूँजीवादी देशमा वर्गीय विभेदका कारण गरीव जनताहरु बढी संक्रमित रहेको र त्यस्ता सरकारहरुको प्राथमिकतामा संक्रमण नियन्त्रणभन्दा पनि देशको अर्थतन्त्र रहेकोले हाल अमेरिका, ब्राजिल, भारतजस्ता पूँजीवादी देशहरुमा संक्रमितहरुको संख्या र मृत्यु दर बढिरहेकोे छ’ पार्टी सचिव सुवालले थपे, ‘हालको विषम परिस्थितिमा कोरोना संक्रमण फैलिन नदिन हामीले गर्न सकिने कार्यहरु इमान्दारिपूर्वक गर्नुपर्ने र संक्रमण रोकथामको सम्भावित उपायहरु अपनाउनुको विकल्प छैन ।’

भक्तपुर नगरपालिकाका प्रमुख एवम् संस्थान संचालक समितिका अध्यक्ष सुनिल प्रजापतिले कुनै पनि देशको राजनीतिक व्यवस्थाले त्यसको चरित्र प्रष्ट पार्ने बताए । समाजवादी देशहरुमा उत्पादनका मुख्य मुख्य साधनहरु सामाजिकीकरण हुने हुँदा सम्पूर्ण जनताले समान अवसर पाउने तर पूँजीवादी राष्ट्रहरुमा धनी र गरीवको खाल्डो बढ्दै जाने हुँदा कामदार जनताले दुःख पाउने बताए। अमेरिकाबाट ६ दशक लामो कठोर नाकाबन्दीका बावजुद पनि विश्वको महाशक्ति राष्ट्र अमेरिकाको नाकमुनि रही सार्वभौमिकता रक्षाको लागि लडिरहेको क्युवाको स्वास्थ्य प्रणाली र क्युवाले कोभिड १९ को संक्रमण नियन्त्रणको लडाईमा पाएको सफलताबाट हाम्रो जस्तो देशले पाठ सिक्नुपर्नेमा उनले जोड दिए ।

प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा तथा स्वास्थ्यलाई प्राथमिकतामा राखी कार्य गरेको चर्चा गर्दै नगरपालिकाद्वारा संचालित शैक्षिक संस्थाहरुमा देशभरिका विद्यार्थीहरुले कम शुल्कमा गुणस्तरीय शिक्षा प्राप्त गरिरहेको बताए। उनले सर्वसाधारण जनताको स्वास्थ्यप्रतिको पहु“च सहज होस् भन्ने उद्देश्यले नगरपालिकाले जनस्वास्थ्य सेवा केन्द्र संचालन गरेको र जनताको घरदैलोमै स्वास्थ्य सेवा पुगोस् भन्ने हेतुले घरदैलो नर्सि· सेवाको सुरुवात गरेको प्रष्ट पारे । उनले नगरपालिकाले ख्वप अस्पताल संचालन गर्ने तयारी भइरहेको र हाल सोको भवन निर्माण कार्य भैरहेको जानकारी दिए ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सृजना सैंजूले कोभिड १९ को महामारीले समाजवादी र पूँजीवादी व्यवस्थाबीचको प्रष्ट भिन्नता विश्वका जनताले बुझ्ने अवसर पाएको बताए। पूँजीवादी देशहरुले जनताको जीवनभन्दा नाफालाई प्राथमिकतामा राखेको कारण धेरैको ज्यान गएको उहाको कथन थियो ।

सासद सैंजूले चीन, क्युवाजस्ता समाजवादी देशहरुले कोभिड १९ को संक्रमण नियन्त्रणमा सफलता प्राप्त गरेको र अन्य देशहरुमा समेत रोग नियन्त्रणको लागि प्राविधिक सहयोग दिई अन्तर्राष्ट्रियवादी भावना प्रदर्शन गरिरहेको जिकिर गरे। ‘क्युवाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखी आफ्ना जनतालाई सेवामुखी शिक्षा दिएको कारण विश्वका दर्जनौं देशमा क्युवाका चिकित्सकहरु स्वयंसेवी भई सेवारत छन् । क्युवाको सो कार्यलाई पूँजीवादी देशहरुले वामपन्थी विचारधाराको प्रचारको लागि गरिएको प्रोपोगाण्डाको रुपमा बताइ रह“दा इटाली जस्तो युरोपेली देशले क्युवाको सहयोग लिनु परेको वास्तविकता विश्वले देखेको छ ।’

संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवाले स्वागत मन्तव्य राख्नु भएको सो अन्तरक्रिया कार्यक्रममा संस्थानका उप–प्राध्यापकहरु ऋतु ज्याख्व, सत्तिस प्रसाद फैजू, शोभामैंया प्रजापति, प्रभा प्रजापति र सविता सुजखूले श्रमिक साप्ताहिक पत्रिकामा प्रकाशित ‘क्युवाको स्वास्थ्य प्रणालीको शक्ति’ विषयमा प्रस्तुतीकरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *