दुई महिला कोरोना संक्रमितको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ३२ साउन

कोरोना भाइरस महामारीका कारण मोरङमा थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपलिका ३ घर भएकी ५७वर्षीया महिला र मोरङ तिनपैनी ५० वर्षीया महिला रहेकी छन् ।

५७ वर्षीया महिलाको शनिबार राति विराटनगर स्थित माडवाडी शेवा सदनको आईसुलेसनमा मृत्यु भएको हो ।उनको गत विहीबार गरिएको पिसिआर परीक्षणमा महिलामा कोरोना संक्रण पुष्टि भएको थियो । महिलालाई केही समयदेखि सुगर प्रेसर र दम रहेको प्रदेश १ सामाजिक विकस मन्त्रालयले जनाएको छ ।

त्यस्तै ५० वर्षीया महिलाको सुनसरी स्थित बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा आइतबार मृत्यु भएको हो । विराटनगरको न्यूरो हस्पिटलबाट रिफर भएर प्रतिष्ठान आएकी उनको उपचारका क्रममा निधन भएको वीपी प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिएका छन् । ।

मृतक विगत लामो समयदेखि मुटु र फोक्सोको रोगी भएको बताइएको छ । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *