कात्तिक १७ र १८ गते राष्ट्रिय रापिड रेटिङ बुद्धिचाल च्याम्पियनसिप हुने

अर्थ/वाणिज्य खेलकूद विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, १६ कात्तिक

भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को स्थापना दिवसको अवसरमा संस्थाको खेलकुद उपसमितिको आयोजनामा कात्तिक १७ र १८ गते नेपाल बुद्धिचाल महासंघको आधिकारिक प्रतियोगिता ‘भक्तपुर साकोस राष्ट्रिय रापिड रेटिङ बुद्धिचाल च्याम्पियनसिप २०८०‘ संस्थाकै हलमा हुने भएको छ ।

वर्तमान नेपाल च्याम्पियन तथा महिला नेपाल च्याम्पियन लगायत पूर्व नेपाल च्याम्पियनहरुको सहभागिता हुने उक्त प्रतियोगितामा देशैभरिबाट १ सय २० जना प्रतियोगिहरुले भाग लिने भएका छन् । कूल १ लाख २२ हजार पुरस्कार राशी रहेको उक्त प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार रुपैयाँ, दोस्रोलाई १५ हजार रुपैयाँ, तेस्रोलाई १० हजार रुपैयाँ, चौथोलाई ७ हजार रुपैयाँ र ट्रफीसहित २६ जनालाई पुरस्कार प्रदान गर्ने इन्टरनेशनल आर्विटर तथा नेपाल बुद्धिचाल महासंघका सदस्य निराजन प्रजापतिले पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिएको छ ।

उनले प्रतियोगिता स्विस लिग प्रणाली अनुसार ९ चरणको खेल हुने, फिडे लज् अफ चेसको नियमानुसार रापिड प्रतियोगिता १५ मिनेट १० सेकेण्डको हुने बताएको छ । कात्तिक १७ गते विहान १० बजेदेखि सञ्चालन हुने उक्त प्रतियोगिताबाट जितेका च्याम्पियन एसियन तथा अन्य अन्तरराष्ट्रिय खेलका लागि समेत छनोट हुने प्रतियोगिताका निर्णायकसमेत रहेका उनको तर्क छ ।

८ हजार ३ सय सात जना शेयर सदस्य र एक हजार ३ सय ११ जना बाल बचतकर्ता रहेको उक्त संस्थाले २०८० कात्तिक १५ सम्ममा शेयरपूँजी १५ करोड ४९ लाख ४२ हजार, सम्पत्ति तथा दायित्व ३ अर्ब ६५ करोड ९० लाख ८ हजार ८ सय ८९ रुपैयाँ पु¥याएको छ । उक्त संस्थाले आर्थिकसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्रियाकलापहरुलाई निरन्तरता दिइरहेको संस्थाका अध्यक्ष निर्मल प्रजापतिले सो अवसरमा जानकारी दिएको छ ।
– – –

Leave a Reply

Your email address will not be published. Required fields are marked *