स्वास्थ्य बीमा गर्न मानिसको संख्या बढ्दै

समाचार स्वास्थ्य

सुनिता खड्का
भक्तपुर, २ साउन


चाँगुनारायण नगरपालिका–५ मा स्वास्थ्य बीमा गर्ने मानिसको लहर चालेको छ । मानिसहरु आजभोलि आफ्नो परिवार र भविष्यप्रति चिन्तित देखिन्छन् । जसले गर्दा मानिसहरु आफू र आफ्नो परिवारको सुन्दर भविष्यको लागि जोखिम कम गर्न बीमा एक उत्तम उपायको रूपमा रहेको छ । यस कारणले आजभोलि चाँगु न.पा.मा स्वास्थ्य बीमा गर्न मानिसको संख्या बढिरहेको छ ।
बीमा कम्पनीमा कार्यरत कर्मचारी प्रल्हाद गिरी भन्छन्, ‘रू. ३ हजार ५ सयमा एक वर्षको लागि स्वास्थ्य बीमा हामी गरिदिन्छौ । ५ जना परिवार भएका सदस्यलाई ५० हजार बराबरको स्वास्थ्य सेवा प्रदान गरिने छ । यदि परिवारमा ५ जना सदस्य भन्दा बढी भएमा १ जना सदस्यलाई ५ सयको दरले बीमा रकम तिरी स्वास्थ्य बीमा गर्नु पर्दछ । यही एक वर्षको अवधिमा बीमा गरेको परिवारको जुन सुकै व्यक्ति बिरामी भएको खण्डमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिनेछ । प्रल्हाद भन्छन् । मानिसहरु रोग लागेपछि मात्र बीमा गर्ने गर्दछन् । यदि उनीहरुलाई ठुलो रोग लागे र उपचार खर्च बढी लाग्छ भन्ने कुरा थाहा भए पछि मात्र बीमा गर्न आउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *