१ सय २ कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा 

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ३२ साउन

देशभर १ सय २ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। चार जना भेन्टिलेटर सहित १ सय २ जना संक्रमित आइसियुमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बागमती प्रदेशमा चार जना भेन्टिलेटर र ४६ जना संक्रमित आइसियुमा उपचाररत छन्। प्रदेश २ मा ४३, प्रदेश ५ मा ८ र गण्डकीमा १ जना संक्रमित आइसियुमा रहेको मन्त्रालयले जनाएको छ। प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा छैनन्।

यसअघि शुक्रबार पनि आइसियु र भेन्टिलेटरमा रहेको संख्या १ सय २ नै थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *