यो वर्ष पनि रोपाइँ महोत्सवमा हिलो खेल्न नपाइने

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

काठमाडाैं, १३ असार

असार १५ गते मनाईने धान दिवस तथा रोपाइँ महोत्सवमा यस वर्ष पनि हिलो खेल्न तथा मनोरञ्जनको गतिविधि गर्न रोक लगाइएको छ । कृषि विभागले आइतबार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो ।

रोपाइँ महोत्सव सम्बन्धी कोभिड १९ महामारी मापदण्ड २०७८ सार्वजनिक गर्दै विभागले सुरक्षित ढङ्गबाट रोपाइँ महोत्सव तथा धान दिवस मनाउन आग्रह गरेको छ ।

‘सांस्कृतिक, परम्परागत तथा मनोरन्जनात्मक कार्यक्रम तथा हिलो खेल्ने काम नगर्न तथा कोभिड सुरक्षाको न्यूनतम् स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरिन्छ,’ विभागले भनेको छ ।
महामारीको रुपमा फैलिएको कोभिड-१९ संक्रमणबाट सुरक्षित रहन, महोत्सव मनाउने ठाउँमा पनि थोरै संख्यामा मात्रै भेला हुन र सुरक्षाका सबै मापदण्ड पालना गर्न विभागले आग्रह गरेको छ ।

यसवर्ष सांकेतिक रोपाइँ महोत्सव

सरकारले वर्षेनी मनाउँदै आएको रोपाइँ महोत्सव यस वर्ष पनि सांकेतिक रुपमा मनाउने निर्णय विभागले गरेको छ ।

गत वर्ष जस्तै कृषि अनुसन्धान परिषद्को हातामा अठारौं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०७८ मनाइने विभागले जनाएको छ ।

स्वास्थ्य सुरक्षाको मापदण्डअनुसार न्यून सहभागितामा रोपाइँ गरिने र कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री बसन्त नेम्वाङ पनि सहभागी हुने विभागका सूचना अधिकारी मोहनप्रसाद खतिवडाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *