गोठगाउँमा मेडिकल कलेज संचालनका लागि बाटो खुल्यो

शिक्षा समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता
मोरङ, २५ माघ

मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज संचालनका लागि बाटो खुलेको छ। मन्त्रिपरिषद् बैठकले मेडिकल कलेज सञ्चालनका लागि कोशी अस्पतालमा प्रयोगात्मक अभ्यास गर्न दिने निर्णय गरेपछि गोठगाउँमा मेडिकल कलेज सञ्चालन गर्न बाटो खुलेको हो।

गोठगाउँमा मेडिकल कलेज सञ्चालनका लागि प्रतिनिधि सभा सदस्यद्वय डा शेखर कोइराला, सुनिल शर्मा तथा प्रदेश मन्त्री जीवन आचार्यले निरन्तर पहल गरिरहेका छन्। मोरङको क्षेत्र नं। ३ बाट निर्वाचित सांसद शर्माले चुनावी एजेण्डाकै रुपमा यसलाई अघि सारेका थिए। सेवा विस्तार गर्दै मेडिकल कलेज सञ्चालन गर्ने शर्माको योजना अनरुप गत माघ ४ गते अस्पतालको सेवा विस्तार उद्घाटन गरेर दैनिक ८ घण्टा अस्पताल सेवा सञ्चालन भइरहेको छ।

त्यसअघि गत मंसिर २८ गते डा।शर्माको पहलमा काठमाडौंमा बसेको सर्वपक्षीय बैठकमा मेडिकल कलेज सञ्चालनका लागि सबै सरोकारवालाहरु एकमत भएका थिए। सांसदहरुसहित विश्वविद्यालय, मेडिकल काउन्सिल, चिकित्सा शिक्षा आयोग लगायतका पदाधिकारी सहभागि बैठकले कलेज सञ्चालनका लागि निर्णयार्थ मन्त्रिपरिषदमा प्रस्ताव लैजाने निर्णय गरेको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *