काठमाडौं उपत्यकामा ९२ नयाँ संक्रमित थपिए

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २५ साउन

आइतबार काठमाडौं उपत्यकामा ९२ जना कोरोना संक्रमित थपिएका छन्। यो हालसम्मकै उच्च संख्या हो। आइतबार काठमाडौंमा मात्र ९० र ललितपुरमा २ जना संक्रमित देखिएका छन्।

आजको सहित काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या ११३६ पुगेको छ। काठमाडौंमा ९१२, ललितपुरमा १३९ र भक्तपुरमा ८५ संक्रमित पुष्टि भएका छन्।

आइतबार देशभर ३८० संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ। भने ४० जना संक्रमित निको भएका छन्। निको हुनेहरुको संख्या शुक्रबार १६ हजार ३ सय ५३ पुगेको छ।

आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा मृतक संक्रमितको संख्या ७५ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *