वडा दशैं तथा शुभ दीपावली कार्यक्रम

समाचार

भक्तपुर, १४ असोज

भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले ख्वप बहुप्राविधिक अध्ययन संस्थान नसिङ्ग विभागद्वारा आइतबार आयोजित वडा दशैं तथा शुभ दीपावली कार्यक्रममा बोल्दै विद्यार्थीहरुले आपूmले सिकेको सीप कहिल्यै पनि खेर नजाने र व्यक्तित्व विकास गर्न अतिरिक्त क्रियाकलापले सहयोग पु¥याउने बताए ।


महिलाहरु पनि कुलतमा फसिरहेको हुँदा संगत राम्रो हुनुपर्ने बताए उहाँले अनुशासनलाई सबै क्षेत्रमा पालना गर्नुपर्ने विचार व्यक्त गरे । भक्तपुर नगरपालिकाले गरिरहेको कामको देशैभरी सकारात्मक सन्देश गइरहेको छ भन्दै उहाँले इन्जिनियरिङ्ग कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुको पहिलो छनौटको क्याम्पस ख्वप इन्जिनियरिङ्ग कलेज भएको बताए ।
दशै तिहारमा सरसफाईमा ध्यान दिनुपर्ने बताउदै प्रमुख प्रजापतिले विद्यार्थीहरुले आफ्नो हक हितको सुरक्षाको निम्ति राजनीतिक रुपमा सचेत हुनु आवश्यक भएको बताए ।
अन्य नगरपालिकाका प्रतिनिधिहरुले भक्तपुर नगरपालिकाले समाजवादका निम्त आधारहरु तयार गरिरहेको चर्चा भएको बताउदै शिक्षा र स्वास्थ्यमा सबै जनताको समान हक आवश्यक भएको बताए ।
संस्थानका प्राचार्य रत्नसुन्दर लासिवाले विद्यार्थीहरुलाई विदाको समयमा स्वास्थ्यबारे चेतना अभियान निरन्तर जारी राखी समुदायमा भिजेर काम गर्न प्रेरित गर्नुभए् भने विभागीय प्रमुख सुमित्रा बुढाथोकीले पनि बोले ।
कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रमको प्रदर्शनीका साथै दशै, तिहार र स्वास्थ्यू विषयमा वक्तृत्वकला प्रतियोगिता पनि सहभागिता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *