नेपालभाषाको नयाँ चलचित्र झीगु कर्म बनाइने

कला/साहित्य मनोरञ्जन समाचार

न्यूज अपडेट
ललितपुर, २३ असार


गुरु पूर्णिमाको अवसर पारी ललितपुरको अक्षयेश्वर महाबिहारमा आयोजित एक समारोह बीच निर्देशक सुरेश खड्गीले नयाँ नेपालभाषा चलचित्र झीगु कर्म निर्माण गर्ने घोषणा गरेको छ । विभिन्न खाले नेपालभाषाको चलचित्र बनाएका उनले नाट्येश्वर फिल्मस्को ब्यानरमा नयाँ नेपालभाषाको चलचित्र झीगु कर्म बनाउने तयारी गरेको हो । सुरेश खड्गीको कथामा तयार हुने सो चलचित्रमा धनी र गरिब बर्ग बीच देखिने द्धन्द्ध तथा सम्पत्ति विनाशको कथालाई उजागर गरेको छ ।
सनमकुमार श्रेष्ठले पटकथा तयार गरेको सो चलचित्रमा सुरज ब्यञ्जनकार, सुरज नापित, प्रभातकुमार ख्येँ, शशीकला मानन्धरलगायतले अभिनय गर्ने भएको छ । अर्कोतिर नाट्यश्वर फिल्मस्को तर्फबाटै आधी घण्टाको नेपाली भाषाको छोटो चलचित्र निर्माण गर्ने घोषणा भएको छ । सो घोषणा अनुसार सुरज नापित, आराध्यलक्ष्मी खड्गी, जुनु प्रजापतिले अभिनय गर्ने भएको छ । सुजन श्रेष्ठ निर्माता भएर अमर चित्रकारले क्यामेराम्यानको जिम्मेवारी पाएको सो चलचित्रको घोषणा पनि गुरुपूर्णिमा पारी गरिएको हो । कार्यक्रममा आगामी साउनदेखि सुटिङ कार्य अगाडि बढाइने जानकारी दिइएको थियो । कार्यक्रममा आफ्ना गुरुहरु विजयरत्न असंबरे, शंखर खड्गी र रवीन्द्र शाहीलाई पनि सम्मान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *