२०७७ साल साउन २३ गते शुक्रबारको राशिफल

कला/साहित्य समाचार

न्यूज अपडेट

भक्तपुर, २३ साउन

मेष ( चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

अरुको लागि समय खर्चिनुपर्ने छ । व्यवापार व्यवसायमा मन जाने छ । यात्राको अधिक सम्भावना रहेकोछ भने विदेशी सस्था तथा नियोगतिर काम पाउने प्रशस्त सम्भावना रहेकोछ । सामान्य आँखा सम्वन्धी समस्याले सताउन सक्छ ध्यान दिनुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

भौतिक सम्पती तथा प्राकृतिक स्रोतको फाइदा लिन सकिने छ । पढाइलेखाईमा मन जाने छ । आयस्रोतका बाटाहरु फराकिला हुनेछन् माया प्रेममा थप प्रगाढता बढेर जानेछ भने दाम्पत्य जीवन खुरि रहनेछ । प्रेममा सफलता पाउन सकिने छ ।

मिथुन ( का,की,कू,घ,ङ,छ,के,को,हा)

नयाँ नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरी हुने योग रहेकोछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपार्ईँको बर्चस्व कायम रहनेछ भने माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

नोकरीमा बढुवा हुने तथा अनुकूल स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेकोछ । खोज तथा अनुसन्धान खर्चिएको समयबाट भनेजस्तो नतिजा आउने हुदा मन खुसी रहनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घरमा पति पत्निविच बिश्वासको बाताबरण बढेर जानेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्न सकिनेछ ।

सिंह ( मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेकोछ । खानपानमा बिशेष ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछैन । आफन्त तथा दिदिबहिनी सँग साना साना कुरामा मनमुटाव बढ्नेछ ।

कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

पढाइ लेखाइमा सफलता प्राप्त हुनेछ भने अध्ययनकै लागि राम्रो स्थानमा स्थानान्तरण हुने अधिक सम्भावना रहेकोछ ।व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन तथा धातु संग्रह गर्न सकिनेछ ।

तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते)

पुराना रोग तथा ऋणबाट मुक्त भई नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । अध्ययनमा प्रतिस्पर्धीहरुलार्ई साईड लगाउँदै एक दुई कदम अगाडी बढ्न सकिनेछ । धार्मिक यात्राकाे सम्भावना रहने छ ।

बृश्चिक( तो,ना,नी,नू,ने,नो,या,यी,यू)

बिद्यामा गरीएको लगानीबाट सकारात्मक नतिजाको अपेक्षा गर्न सकिनेछ । बित्तीय क्षेत्रमा गरीएको लगानी बाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने लगानी बढाउने वातावरण बन्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

व्यापार व्यवसायमा लगानी गर्ने समय नरहेकोले केही समय पर्ख र हेरको रणनीति अपानाउनु होला । आमाको तथा आमा सरहका मानिसको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्नेछ । अध्ययन तथा अध्यापनमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

पुराना समस्याहरुलाई केही समय दिएर सकाउन सकिनेछ भने नयाँ नयाँ काम गरी रोजगारीका अवसरहरु सिर्जना गरेर मनग्गे आम्दानी गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने छोटो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

कुम्भ ( गू,गे,गो,सा,सी,सू,से,सो,दा)

बोलीको प्रभाव बढ्ने हुनाले महत्वपुर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त हुनेछ । पति पत्नी विच विश्वासको वातावरण बढ्ने तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । कुटुम्बबाट तपार्ईँले गरेको काममा सहयोग प्राप्त हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । व्यापार व्यावसायमा प्रसस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *