समुदायकै अगुवाइमा घरघरमा खानेपानी

समाचार
सुनिता खड्का
भक्तपुर, २६ असार
छालिङ्ग खड्का गाउँका बासिन्दा हिजोआज हाइसञ्चोमा छन् । यसको कारण हो घरमै खानेपानीको व्यवस्था हुनु । खानेपानीको जोहो भएपछि २५ घर परिवार फुरुङ्ग छन् । यहाँका हरेक घर घरमा खानेपानीको सुविधा पुगेको छ । टोलवासीकै सक्रियतामा घरघरमा खानेपानीको व्यवस्था भएको हो ।
अहिलेको आधुनिक युगमा पनि पँधेरोमा गएर पानी भर्नु पर्ने अवस्था थियो । १०÷१५ मिनेटको बाटो हिड्ेर खानेपानीलाई गाग्रीमा बोकेर घरमा ल्याउनु पर्ने अवस्था थियो । लुगा धुन नुहाउन र खेतबारीमा समेत लगाउनको लागि झगडा पर्ने र पालो कुर्न पर्ने अवस्था थियो भन्ने भनाइ स्थानीय बासिन्दाको थियो ।
समुदायमा खानेपानीको व्यवस्था गर्नको लागि सबै राजनीतिक पार्टीहरुले सहयोग गरेका छन् । समुदायबाट उठेको १ लाख र राजनीतिक पार्टीहरुबाट उठेको ५ लाखबाट खानेपानीको व्यवस्था भएको थियो । समिति अध्यक्ष विवेक खड्काले २५ घरधुरीका मानिसहरुलाई खानेपानी वितरण गर्ने पाइप विछ्याएर घरघरमा पानी वितरण गर्ने काम लामो समय लागेको बताएका छन् । उनका अनुसार अहिले खड्का गाउँमा खानेपानी वितरण गरिने योजना सफलताको साथ सम्पन्न भएको छ भन्ने जानकारी प्रदान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *