सिभिल बैंकको ९६ शाखा कोहलपुरमा विस्तार

समाचार

बाँके,२ असार


बाँकेको कोहलपुरमा सिभिल बैंकको ९६ औं शाखा विस्तार गरिएको छ । विहिवार कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावतले शाखाको उद्घाटन शाखा विस्तार गरेका हुन् । बाँकेपछि दोस्रो ठुलो शहर मानिने कोहलपुरमा सिभिल बैंक सँगै वित्तिय कारोकारो गर्ने संस्थाको संख्या ३१ पुगेको छ । बैंक उद्घाटन कार्यक्रममा बोल्दै बैंकलाई पहुँच नभएकाको सारथी वन्न उत्पादनमुलकमा लगानी गर्ने अनुरोध गरे । उनले भने,पहुँचको पद्धतिमा मात्र वित्तिय संस्थाले कारोबारो गरिरहेका छन् । सिभिल बैंकले नाम जस्तै सिभिललाई नै सहयोग गर्ने म विश्वस छु । कृषि क्षेत्रमा नगरपालिकाले ल्याएका योजनामा सहकार्य गरि जनतामा परिवर्तन ल्याउन सक्नुपर्नेमा जोड दिएका छन् ।
त्यसैगरि कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुृर अधिकारीले कोहलपुरमा बैंक तथा वित्तीय क्षेत्रको संख्यामा बृद्धिले यहाँको परिवर्तन झल्काएको बताए । उत्पादनमुलक क्षेत्रमा लगानी बृद्धि भइरहेको बताउँदै अस्थिर ब्याजदर उद्योगी, व्यवसायीका लागि चुनौती बनेको उल्लेख गरे ।
कार्यक्रममा कोहलपुर वडा नम्बर ११ का वडा अध्यक्ष कर्ण थापा, इलाका प्रशासन कार्यालयका प्रमुख दत्तराज हमाल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष प्रदिप वाग्ले लगायतले बोलेका थिए । स्वागत मन्त्व्य शाखा प्रबन्धक बसन्त रेग्मीले गरको थिए । छोटो समयमै बैंकिङ्ग क्यारियरमा जम्न सफल भएका रेग्मी कोहलपुर क्षेत्रको बारेमा जानकार छन् । उनले यस क्षेत्रमा सामाजिक उत्तरदायित्व समेत बहन गर्दै बैंक तथा वित्तीय कारोवारमा सिभिल बैंकलाई अब्बल बनाउने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *