‘मजदुर–किसान’ पत्रिकाको अन्तरक्रिया सम्पन्न

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट
भक्तपुर, १८ साउन


नेपाल मजदुर किसान पार्टी, सूर्यमढी एकाइ समितिको आयोजनामा पार्टीको मुखपत्र वर्ष १० अंक १ पूर्णाङ्क २४ को ‘मजदुर–किसान’ पत्रिकाको शनिवार अन्तरक्रिया भएको छ । विगतमा लकडाउनका कारण खुला रुपमा कुनै गतिविधि हुन नसकेपनि लकडाउनपछि सामाजिक दुरी कायम गर्दै उक्त कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि एवं नेमकिपा भक्तपुर नगरसमितिका अध्यक्ष नारायण बहादुर दुवालले पार्टीको सैद्धान्तिक स्तर उकास्न र माक्सवाद, लेनिनवाद र माओत्सेतुङ विचारधाराबारे स्पष्ट हुन यस्ता गतिविधिको आवश्यकता रहेको औल्याए । पार्टीको सातौ महाधिवेशनबाट पारित विधानअनुसार पार्टीका कार्यकर्ताहरुले पालना गर्नुपर्ने कर्तव्यबारे बताउँदै इमान्दार नेता कार्यकर्ताले मात्रै देशलाई सही दिशामा लैजानसक्ने स्पष्ट पारे । उनले निस्वार्थी भावनाले देश र जनताको सेवा गर्न सक्ने नेता कार्यकर्ता तयार गर्न पार्टीको नीति निर्देशनलाई पालना गर्नुपर्ने बताए ।


त्यस्तै भक्तपुर ९ नं. वडाध्यक्ष रवीन्द्र ज्याख्वले विश्व महामारीको रुपमा फैलिँदै गएको कोरोना महामारीले देशलाई ठूलो क्षति पुर्‍याउने भएकाले यसको रोकथाम गर्नुपर्ने र समाजवादी चिन्तन रहेका देशमा छिट्टै समाधान भएको विचार व्यक्त गरे । उनले पूँजीवादी र साम्राज्यवादी देशहरुमा मानवीय संवेदनहिनताका कारण महामारी नियन्त्रणभन्दा नाफा र व्यापारमै तल्लिन भएको स्पष्ट पारे । साथै उनले यसवर्षको आठ रात आठ दिन मनाइने गाइजात्रा पर्वलाई औपचारिकतामा सीमित गर्नुपर्ने अन्यथा विकराल रुपमा कोरोना भाइरस आउनसक्नेतर्फ सचेत पारे । १६ वर्षमाथिका सबै नागरिकले राष्ट्रिय परिचयपत्र पाउने भएकाले उक्त परिचयपत्रका लागि सम्बन्धित ठाउँमा गई फोटो खिचाउनुपर्ने भएकाले वडाध्यक्ष ज्याख्वले सबैलाई आह्वान गरेको छ । त्यसको लागि ५७ दिनसम्म टोली खट्ने उनले जानकारी दिए ।
कार्यक्रममा उनले अमेरिकी साम्राज्यवादले नेतृत्व गरेका सबै असफल सावित भैरहेको टिप्पणी गर्दै समाजवादी देशमा मात्रै मानवीय भावना राखी काम गरेको बताए ।

नेपाल क्रान्तिकारी किसान संघका अध्यक्ष गंगाराम ज्याख्वले नेपाल क्रान्तिकारी किसान संघको स्थापनाबारे स्पष्ट पार्दै देशमा मोहियानी हक कायम गर्नका लागि भूमिसुधार लागु गर्न किसान संघले गरेका आन्दोलनबारे स्पष्ट पारे । उनले भर्पाइ आन्दोलन, बाली काट्ने आन्दोलन, साँढे धपाउने आन्दोलन, भूमिसुधार हुँदा मोहिको लगत कायम गर्ने आन्दोलनलगायतका राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा माक्सवादी, लेनिनवादी र माओ विचारधारालाई आंगिकार गर्दै पीडित जनताको पक्षमा किसानहरुले साथ सहयोग गर्दै आएको स्परण गरे ।

कार्यक्रमका सभापति एवं आयोजक समितिका अध्यक्ष दिलभक्त कोजूले कोरोना भाइरसको इतिहासबारे स्पष्ट पार्दै पार्टीको निर्देश गरेका कुरामा ध्यान दिनुपर्ने बताए । आयोजक समितिका सचिव लक्ष्मीप्रसाद कुसीले सञ्चालन गरेको उक्त कार्यक्रममा काशिलाल प्रजापतिले का. रोहितको अन्तरवार्ता, प्रेम प्रजापतिले साम्रज्यवादको पतन र समाजवादी क्रान्तिको अपरिहार्यताबारे लेनिनको शिक्षा, प्रवीण प्रजापतिले अध्यक्ष माओ त्से तुङका दार्शनिक रचनाः एक छलफल, सम्रात प्रजापतिले कोभिड १९ महामारीः अमेरिकी राष्ट्रपति ट्रम्प इतिहासको कठघरामा उमिनुपर्ने विषयमा आ–आफ्नो प्रस्तुति राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *