२०७७ साउन १८ गते आइतबारको राशिफल

कला/साहित्य समाचार

न्यूज अपडेट

भक्तपुर, १८ साउन

मेष : ( चू,चे,चो,ला ,लि,लू,ले,लो,अ ) कला संगितमा मन जाने छ । अनुहारमा शान्ति र मनमा कान्ति छाउने छ । शुभ कार्यको चर्चा चल्ने छ । ठिक समयमा ठिक निर्णय लिन सकिने छ । घर जग्गाको काममा सफलता मिल्ने छ ।

बृष :  (ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफ्नै मान्छेबाट काममा बाधा उपत्न्न हुने छ । एउटा गलत निर्णय लिन सकिने हुँदा चिन्ता उत्पन्न हुने छ । चोटपटकको भय रहेको छ सचेत रहनु नै बेश होला । यात्रा गर्दा निकै चनाखो हुनुपर्नेछ । कसैको प्रेममा पर्दा झुठो सावित होला ।

मिथुन:  (का,की,कू,घ,ङ,छ,के,को,हा्र) राजनीतिक कार्यमा क्षति कमाउन सकिने छ । सन्तान सुख मिल्ने छ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीको स्रोत पनि बढ्ने । पारिवारिक सद्भाव मिल्ने छ । प्रेममा सफलता प्राप्त हुनुका साथै कार्यप्राप्तिका योग पनि देखिन्छ ।धार्मिक सास्कृतिक सभासमारोहमा सरिक हुने सम्भवना छ ।

कर्कट: ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कला साहित्यको क्षेत्रमा विशेष मन जाने छ । मनमा शान्ति र अनुहारमा कान्ति छाउने छ । समाजसेवामा मन जाने छ । शत्रु पराजित हुने छन् । धार्मिक कार्यमा विशेष रुचि हुनुका साथै सामाजिक पद प्रतिष्ठा प्राप्त हुने छ । बन्धुबान्धवबाट मन मिल्ने छ ।

सिंह : ( मा,मी,मू,मे,मो,टा,टी,टू,ट) नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुने छ । रोकिएको धन हात पर्ने छ । धर्म,कर्म, तथा समाजसेवामा मन लाग्ने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ ।स्रोत साधन जुटाउने समय छ ।

कन्या : ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) धन आर्जनका नयाँ स्रोतहरु पत्ता लाग्ने छन् । महिलाबर्गबाट विशेष सहयोग मिल्ने छ । शिक्षामा सफलता मिल्ने छ । महत्वपूर्ण कामको थालनी हुनेछ । आजको पनि दिन हाँस खेल र मनोरञ्जनतात्मक हुने छ । सन्तानपक्षको मायामा कमी आउने छ ।

तुला : ( रा,री,रु,रे,रो,ता,ती,तू,ते्र) प्रेम र मित्रताको बन्धनले रमाउने समय पनि छ । एकपछि अर्को अवसर आउने छ । मन प्रशन्न रहने छ । नयाँ व्यक्तिसँग भेटघाट हुनुका साथै नयाँ ज्ञान सिक्ने मौका समेत मिल्ने छ ।

बृश्चिक  : (तो,ना,नी,नू,ने,नो,या,यी,यू्प) व्यवसायीको सन्दर्भमा आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । लगनशीलताले कामहरु अगाडि बढ्ने छन् । साथीभाइसँग समयबित्नाले मन प्रशन्न रहने छ । चिताएको कामले तीब्रता लिने छ ।

धनु  : (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) विपरीत वर्गप्रति आकार्षण भइने छ । सामाजिक कार्यमा सफलता मिल्ने छ । आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । नोकरी गर्नेले मानसम्मान्न पाउने छन् । छोटो यात्राको सम्भावना पनि रहेको छ । सांगेतिक क्षेत्रमा रुचि बढ्ने छ ।

मकर : ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)   आफ्नो विचारबाट विपरीत निर्णय हुने छ । गरेका कामबाट ढिला सुस्ती हुने छ । साझेदारीकाृे काममा उल्झन आउने छ । प्रेममा मनमुटाव आउन सक्छ ।

कुम्भ  : ( गू,गे,गो,सा,सी,सू,से,सो,द) शुभकार्यको चर्चा चल्ने छ । रमणीय र सुखद यात्राको योग रहेको छ । पार्टी तथा सेमिनारमा सहभागि भइएला प्रयत्न गरे फाइदा लिन सकिने छ । बन्धुबान्धवबाट सहयोग प्राप्त हुने छ ।

मीन : (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) विना प्रतिस्पर्धा सफलताको शिखरमा पुग्न सकिने छ । शुभराम्भको चर्चा चल्ने छ । सफल यात्राको पढाइलेखाइमा सफलता हात लाग्ने छ । मिस्ठान्न भोजनको योग रहेको छ । अनुहारमा कान्ति र शान्ति छाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *