नेपालगञ्ज,६ जेठ
अरुलाई कोटको राजा र आफुलाई बोटको राजा भन्न मनपराउने राउटे समुदाय पछिल्लो समय रैती मार्गतिर लागेका छन् । बञ्चरो,बासुल्लो र छिनोको सहायताले काठका भाँडाकुडा बनाएर जिविकोपार्जन गर्दै आएका राउटे समुदाय आधुनिक बाटोतिर लागेका हुन् ।
नेपालको एकमात्र भ्रमणशिल राउटे समुदाय पुर्खाहरुको पालादेखी बनाउँदा आएका काठका कोशी,मधुश,आरी खाट मात्र नबनाएर कुकाठबाट विभिन्न प्रकारका भाँडाकुडा बनाउन थालेको राउटे युवा शिवराज शाहीले बताए । उनले भने,हाम्रो पुर्खाहरुले कोशी झुमा आरी खाट बनाउन तीवनटा हतियारले बनाउँथ्यो । आजभोली हामीले तालिम पाएपछि सजिलोको लागि गैरेराउटे जस्तै हतियार प्रयोग गर्दछौं ।
काठका भाँडाकुडा बनाउन धेरै समय लाग्ने गरेको आजभोली तालिमपछि सामाजिक सेवा केन्द्रले काठ काट्ने आरी चिल्लो बनाउन आरी रेती लगायतका हतियार दिएकाले तालिमका सहभागी बलाल शाहीले बताए । पहिला दुई दिन लगाएर एक कोशी बनाऊ थियौ आजभोली एक दिनमा दुई कोशी बनाउँछौं हामीकन सजिलो भएको छ, उनले थपे । परम्परागत काठका भाँडाकुडा बनाउँदा उनीहरुलाई बढी दुःख भएर कम पैसा पाउ थिए । आजभोली तालिम लिए त्यो समुदायलाई कम दुःख पाएको उचित मुल्य पाउने गरेको ठाटिकाँध गाउँँपालिका –१ का सामाजिक अभिन्यत्ता मोहन विकले बताए । उनले भने,“राउटे समाजिककरण गर्न मुल धारमा ल्याउनको लागि सिपको साथै चेतना जगाउनुपर्छ । तब मात्र जीविकोपार्जनमा सुधार हुनुका साथै जीवनशैलीमा समेत परिवर्तन आउँछ ।” तर सोही गाउँपालिका वडानं –१ का लोकेन्द्र बहादुर विकले भने राउटेलाई राउटे भएर बाँच दिनुपर्ने धारण राखे । उनले भने,राउटे कर्णाली प्रदेशका गहना हुन् र नेपालका सम्पदा हुन । यिनीहरु सिप र संस्कार परिवर्तन ल्याउँदा राउटे विदेशी पर्यटकका लागि आर्कषण बन्न नसक्ने बताए । केही सरकारी र गैरसरकारी संस्था पैसा कमाउने नाममा उनीहरुको संस्कार विगारी छन् । बाढीपिडित र भुकम्प पिडितलाई घर मागिरहेका छन् । सरकार दिन सक्दैन । राउटे घर चाहिदैन जवरजस्ती राउटेलाई घर बनाउन ढिपी गर्छन । सरकारी र गैरसरकारी संस्था त्यो समुदायको मानव अधिकार हनन् गरिरहेको आरोप लगाए । उनले थपे “उनीहरुलाई के गर्दा खुशी हुन्छन् । त्यही गर्नुपर्छ ।”रैती मार्गमा राउटेलाई लगाउनु हुदैन ।
तर राउटे समुदायमा शिक्षा,स्वास्थ्य,सम्बन्धित काम गर्दै आएको सामाजिक सेवा केन्द्र सोसेका अध्यक्ष हिंरासिंह थापा भने,हामीहरुले उनीहरुको संस्कार नखलबलिने गरि काम गरिरहेको बताए । केही मान्छे संस्कार खल्बलाएको आरोपको खण्ड गदै थापाले भने,राउटे पहिला बचाउनु ठुलो हो । त्यसपछि संस्कार आउँछ । हामी उनीहरुकै स्वीकृत इच्छा र चाहाना अनुसार स्वास्थ्य उपचार र बालबालिका पढाई रहेको जानकारी दिए । एईआईएनको आर्थिक सहयोग र गुराँस गापा जिल्ला वन डिभिजन कार्यालयको समन्वयमा गएको आईतबार देखी दैलेखको डुङ्गेश्वर गाउपालिकाको बसेनी १२ जना राउटेलाई ७ दिने काठको सामाग्री निर्माण तालिम दिएको सामाजिक सेवा केन्द्रका उप कार्यकारी निर्देश बसन्त श्रेष्ठले बताए ।