चिनियाँ कम्युनिस्ट पार्टी र विश्वका राजनैतिक पार्टीहरूको शिखर सम्मेलनको संयुक्त वक्तव्य

अन्तर्राष्ट्रिय राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

काठमाडाैं, २४ असार

चिनियाँ कम्युनिस्ट पार्टीको आयोजनामा हामी १६० देशहरूका ५०२ राजनैतिक पार्टी एवं सङ्गठनहरूका प्रतिनिधिहरू चिनियाँ कम्युनिस्ट पार्टी र विश्वका राजनैतिक पार्टीहरूको शिखर सम्मेलनमा अनलाइन भिडियोमार्फत सहभागी भयौँ । “जनताको भलाइको लागि राजनैतिक पार्टीहरूको जिम्मेवारी” सम्बन्धी विषयवस्तुमा केन्द्रित भई शिखर कार्यक्रममा हाम्रा विचारहरू गहिराइमा आदानप्रदान गर्‍यौँ । कार्यक्रमबाट बृहत् समझदारीसहित निर्णयहरू गरियो ।
आर्थिक विश्वव्यापीकरणको फैलावट, विज्ञान र प्रविधिको तीव्र विकास र विविध सभ्यताहरूबीच बढ्दो अन्तरक्रियाले विश्वमा झन् जटिल र गहन परिवर्तन भएका छन् । विश्वका सबै देशहरूको भलाइमा लाग्दा हामी पहिलेभन्दा धेरै एकआपसमा जोडिएका छौँ । साथै, ऐतिहासिक अवसरहरू र जोखिम तथा चुनौतीहरू पनि । एकता र एकआपसमा जोडिएको र साझा भविष्य भएको मानव समाज कोभिड–१९ को आक्रमणले अझ एउटै विश्व–गाउँमा रहेको पाठ सिकाएको छ । मानवतामाथि आइपरेका समस्या र चुनौतीहरूको समाधान ऐक्यबद्धता र सहकार्यबाट मात्र सम्भव छ । राष्ट्रिय नीतिहरूको केन्द्रबिन्दु र जनताको चासोका विषयहरूसँग सम्बन्धित भएकोले राजनैतिक पार्टीहरूले देशको राजनीतिमा महत्वपूर्ण भूमिका निभाउन सक्छ । यस ऐतिहासिक घडीमा सबै जनताको भलाइमा सम्पूर्ण राजनैतिक पार्टीहरूले सच्चा भावनाले जिम्मेवारी पूरा गर्नु आवश्यक छ ।

१. हामी सबै देशका राजनैतिक पार्टीहरूले विश्वका मूल्य मान्यताहरूमा सहमति जनाउने प्रस्ताव गर्दछौँ । हाम्रो प्रयास मानवजातिको साझा महत्वका विषयहरू शान्ति, विकास, निष्पक्षता, न्याय, प्रजातन्त्र र स्वतन्त्रताको प्राथमिकतामा समर्पित हुनुपर्दछ । अन्तर्राष्ट्रिय सम्बन्धहरूमा अधिक प्रजातन्त्रको लागि ऐतिहासिक पथ पछ्याउनुपर्दछ र साझा जमिन, आपसी सम्मान र आपसी सिकाइमा आधारित सम्बन्ध निर्माणको लागि बहुपक्षीयतालाई जोड दिनुपर्दछ । देशहरूबीचको संवादको लागि आपसी सम्मान, निष्पक्षता, न्याय र जीत–जीत सहकार्यको सिद्धान्तलाई मध्यनजर गर्नुपर्दछ । सुरक्षाको लागि साझा, व्यापक, सहकार्य र दीगो अवधारणा अँगाल्नु आवश्यक छ । दीगो शान्ति, विश्वव्यापी सुरक्षा र साझा सम्पन्नतासहितको खुला, सहभागीमूलक, सफा र सुन्दर विश्व निर्माणमा ठोस प्रयास हुनु पर्दछ । यसरी, अन्तर्राष्ट्रिय समुदायले साझा भविष्य निर्माणमा र बलियो राजनैतिक शक्तिले मानव विकास र प्रगतिको लागि कार्य गर्नेछ ।

२. सबै देशका राजनैतिक पार्टीहरू साझा विकासको लागि प्रतिबद्ध हुने हामी प्रस्ताव गर्छौँ । दीगो विकास, विकास रणनीतिको लागि संयुक्त प्रयास, बृहत् आर्थिक नीतिको समन्वय र प्राविधिक नवीनताको लागि बृहत् विश्व सहयोगको संयुक्त राष्ट्र सङ्घ २०३० एजेन्डाहरू कार्यान्वयन गर्न सक्रियता हुनु आवश्यक छ । उदारीकरण र व्यापार तथा लगानी बढाउन विश्व व्यापार सङ्गठनसँगको बहुपक्षीय व्यापार प्रणालीलाई सुरक्षित बनाउनु आवश्यक छ । औद्योगिक सञ्जाल, आपूर्ति सञ्जाल र वित्तीय वातावरणको स्थायित्व र सहज कार्यको लागि पूर्वाधार र औद्योगिक सहयोग बढाउनुपर्दछ । यसरी, आर्थिक भूमण्डलीकरण सबैको लागि अझ खुला, सहभागितामूलक, सन्तुलित र फाइदाजनक हुनेछ र विश्व विकास झन् निष्पक्ष, धेरै प्रभावकारी र समन्वयकारी हुनेछ ।

३. हामी सबै देशका राजनैतिक पार्टीहरू हाम्रो पृथ्वी मातालाई आतिथ्य घर बनाउन प्रतिबद्ध हुने प्रस्ताव गर्दछौँ । मानिस र प्रकृतिबीचको सद्भावको दर्शन प्राप्त गर्न राजनैतिक पार्टीहरूले अन्तरपुस्ता इक्विटीको अनुभूति गर्नु आवश्यक छ । प्राकृतिक स्रोत संरक्षण र वातावरण संरक्षणलाई प्राथमिकता दिने र प्रकृतिको आफैँ पुनःस्थापना गर्न दिने सिद्धान्तको नियमित निरीक्षण गर्नुपर्दछ । सबै तत्वहरूसहितको सद्भावपूर्ण पर्यावरणको लागि जीवन जिउने तरिका र उत्पादनको लागि हरित, न्यून कार्वन, चक्रिय र दीगो तरिकाहरू अपनाउनु पर्दछ । मौसम परिवर्तन, समुद्री प्रदूषण, जैविक संरक्षण र अन्य विश्व वातावरणीय समस्याहरू समाधान गर्न विकासशील देशहरूलाई अन्य क्षेत्रमा जस्तै पुँजी, प्रविधि र क्षमता विकासमा मद्दत गर्नुपर्दछ । यसरी, साझा भविष्यको लागि मानिस–प्रकृति समुदायलाई निष्पक्ष, समतामूलक र जीत–जीत सहकार्यसहितको विश्व वातावरणीय सुशासन प्रणालीको विकास हुनेछ ।

४. हामी सबै देशका राजनैतिक पार्टीहरू जनता र जनताको स्वास्थ्यको सुरक्षामा प्रतिबद्ध हुने प्रस्ताव गर्दछौँ । विकासका मुद्दाहरूमा जनताको जीवन र स्वास्थ्यलाई सबैभन्दा माथि राख्नु र स्वास्थ्यसम्बन्धी नीतिहरूलाई पूर्ण ध्यान दिनु नै ‘जनता प्रथमको’ सिद्धान्त हो । सबै जनताको स्वस्थ जीवनको लागि जनताको प्राथमिकतामा पर्ने सुरक्षित, प्रभावकारी, सुविधाजनक र सस्तो स्वास्थ्य सुविधालाई चित्तबुझ्दो बनाउनुपर्दछ । भाइरससँग जित्न र सुरक्षित रहन विज्ञान र सहकार्यलाई आधार बनाइनु आवश्यक छ । भाइरसमा महामारीको राजनीतीकरण र कलङ्क थुपार्ने प्रवृत्तिको प्रतिरोध गर्नुपर्दछ । कमजोर सार्वजनिक स्वास्थ्य प्रणाली भएका विकासशील देशहरूलाई रोगविरुद्ध कार्य क्षमता बढाउन मद्दत प्रदान गर्नुपर्दछ । यसरी, सबैको लागि स्वास्थ्य समुदाय निर्माणमा प्रगति गर्दै सार्वजनिक स्वास्थ्यसम्बन्धी विश्व सुशासन प्रणाली सुधार हुनेछ ।

५. हामी सबै देशका राजनैतिक पार्टीहरूले विभिन्न सभ्यताहरूबीच सिकाइको आदानप्रदान र साझा सिकाइमा प्रतिबद्ध हुने प्रस्ताव गर्दछौँ । विश्वका सबै सभ्यताहरूमा भएको विविधता संरक्षण गर्न, सभ्यता र विचारधाराहरूमा भएका भिन्नताबाट माथि उठ्न समानता, सम्मान, खुलापन र सहभागितामूलक सिद्धान्तबारे अवलोकन आवश्यक छ । सबै सभ्यताहरूले बौद्धिक सम्पत्ति हकमा अधिकार राख्न सक्छन् । शिक्षा, विज्ञान, संस्कृति, खेलकुद, पर्यटन र थिङ्क ट्याकको क्षेत्रहरूमा जनता–जनताबीचको अन्तरक्रिया र सहकार्यबाट विविध सभ्यताहरूबीच सरसल्लाह र आदानप्रदान बढाउनुपर्दछ । सबै देशका विभिन्न सभ्यताहरूका सामाजिक समूहहरू बीच यस्ता अन्तरक्रियाहरूमार्फत बुझ्ने र प्रशंसा गर्ने कार्यलाई प्रोत्साहन गर्नुपर्दछ । यसरी, आ–आफ्नो सभ्यताहरूमा नवीन विकास गर्दै विभिन्न सभ्यताहरू एकआपसमा सन्तुलनमा रहनेछन् ।

६. सबै देशका राजनैतिक पार्टीहरू आफ्नो देशका जनताको जीवन सुधार गर्न प्रतिबद्ध भएको प्रस्ताव गर्दछौँ । समाजमा आवश्यक संस्थाहरू निर्माण गर्ने र कानुनको शासन, सामाजिक नियम र सुविधाहरूको सुधार र आम्दानीमा न्याय र समानतामार्फत जनताको तात्कालीन समस्याहरू सम्बोधन गरिनुपर्दछ । स्वच्छ र प्रतिस्पर्धी सरकार निर्माण गर्न भ्रष्टाचार नियन्त्रण गर्न भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय सहकार्यको लागि थप पहल गर्नु आवश्यक छ । गरिब देशहरूको विकासको लागि कमजोर बजेट र वित्तीय नीति, शिक्षा र तालिम तथा विशेष उद्योग सहयोगको लागि विविध समाधानका उपायहरू अवलम्बन गर्नुपर्दछ । तसर्थ, गरिबी निवारण थप स्वचालित, लक्षित र नतिजामूलक हुनेछ । साथै, गरिबी निवारणमा समर्पित हुन अन्तर्राष्ट्रिय सहकार्यमा विशेष ध्यान र लागत हुनु जरुरी छ । गरिबी निवारणको लागि सबै देशहरूमा, विशेषतः विकासशील देशहरूमा धेरै जोड र सहयोग केन्द्रित गर्नुपर्दछ ।

७. सबै देशका राजनैतिक पार्टीहरू सुशासनमा प्रतिबद्ध भएको प्रस्ताव गर्दछौँ । डिजिटलीकरण र सूचना प्रविधिको प्रयोगको छालको कारण उब्जेको नयाँ परिस्थितिमा पार्टी निर्माणमा आएका चुनौतीहरू सम्बोधन गर्न सुशासनबारे अनुभव आदानप्रदान तथा सहकार्य र पार्टी निर्माणमा नयाँ तरिकाहरूको खोजअनुसन्धानमा आवश्यक ध्यान दिनुपर्दछ । सामाजिक सुशासनलाई समग्र र समन्वयात्मक प्रदर्शनको तहमा उठाउनु पर्दछ । यसरी, जनताको जीवन सुधारको लागि सहभागितामूलक, विचारमूलक र प्रवाहमूलक अवधारणामार्फत सुशासनमा सुधार आउनेछ । मानव समाजको विकासका चुनौतीहरूको समाधानमा अधिक योगदान पुग्नेछ ।

८. सबै देशका राजनैतिक पार्टीहरू विश्व सुशासनको लागि उत्तम नियमहरू निर्माण गर्न प्रतिबद्ध रहने प्रस्ताव गर्दछौँ । विस्तृत परामर्श, संयुक्त योगदान र साझा फाइदाहरूको अवधारणालाई थप विकास गर्नुपर्दछ । संयुक्त राष्ट्र सङ्घको चार्टरको उद्देश्य र सिद्धान्तले निर्धारण गरेको अन्तर्राष्ट्रिय आदेश र प्रणालीको सुरक्षा गर्नुपर्दछ । विश्व सुशासन प्रणालीको अन्तर्राष्ट्रिय कानुनको स्थिति र भूमिकालाई उकास्नुपर्दछ । अन्तर्राष्ट्रिय जगतमा कानुनको शासन पालना गर्न अन्तर्राष्ट्रिय नियमहरूको प्रभावकारी निरीक्षण र अभ्यास गर्नुपर्दछ । सबै देश र जनताको पहुँचमा हुने गरी नवीन प्राविधिक क्रान्ति र औद्योगिक रूपान्तरणसहितको नियम र संस्थान प्रणाली विकास गर्न संयुक्त प्रयासहरू गर्नुपर्दछ । यसरी, विश्व सुशासन प्रणाली अझ समतामूलक, खुला, पारदर्शी तथा सहभागितामूलक र सबै देशको अधिकार र चासोको प्रत्याभूति हुनेछ ।
हामी यस विश्व शिखर सम्मेलन सफल पार्ने चिनियाँ कम्युनिस्ट पार्टीलाई धन्यवाद दिन चाहन्छौँ । हामी सबै राजनैतिक पार्टीहरू सम्पूर्ण जनतासँग आपसी समझदारी र साझा विकासमा चिकपासँग आदानप्रदान र सहकार्यलाई थप प्रभावकारी बनाउन समझदार छौँ ।
स्राेतः अनलाइन मजदुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *