बर्षातले जनजीवन अस्तब्यस्त

विशेष समाचार समाचार

जमुना अधिकारी
भक्तपुर, २९ असार


हरेक वर्ष मनसुन सुरुभए लगतै पर्ने लगातार पानीले भक्तपुर जिल्ला लगाएत देशका अधिकांश भाग डुबानमा परेका छन् । चाँगुनारायण जानेबाटो भक्तपुर नगरपालिकाको वन्ती भन्ने ठाउँमा चाँगु सडकखण्ड डुबानमा परेकाले यातायात लगायत आवतजावत गर्ने यात्रुहरुलाई समस्या परेको छ । पुरानो–ठीमी जाने सडकखण्ड निकोसेरामा डुवानमा परेकाले आवतजावतमा समस्या परेको कुरा यात्रुहरुले जानकारी दिएका छन् ।

त्यसैगरी बनेपा नगरपालिका अरनिको राजमार्ग सडक खण्ड पुलबजारमा डुवान परेकाले यातायातका साथ–साथै यात्रुहरुलाई पनि ठुलै मार परेको जानकारी दिएका छन् । खोला, ढल, नाला र बाटो व्यवस्थित तरीकाले नबन्दा प्रत्येक मनसुनमा यसप्रकारको समस्या भोग्न बाध्य भएको जानकारी स्थानीयबासीले दिएका छन् । जनताले सास्ती खपिरहँदा पनि यसबारे सरकार भने मौन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *