प्रहरी हेडक्वार्टरका थप ४ जनामा कोरोना, संक्रमितको संख्या ३५ पुग्यो

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौं, १४ साउन


नेपाल प्रहरी मुख्यालयका थप चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। केन्द्रीय प्रवक्ता डिआइजी निरजबहादुर शाहीले बुधबार थप चार जनामा संक्रमण देखिएको जानकारी दिए। योसँगै मुख्यालयमा संक्रमित हुनेको संख्या ३५ पुगेको छ। संक्रमित सबैलाई बलम्बुस्थित एपिएफ अस्पतालमा भर्ना गरिएको छ। आज थपिएका संक्रमित पनि पहिले देखिएका संक्रमितहरूको ट्रेसिङमा परेको शाहीले जनाए।आज थपिएका पनि उनीहरूकै सम्पर्कमा आएका छन् उनले भने। संक्रमित हुनेमा चालक, मेकानिक्स, मेसमा काम गर्ने कर्मचारी छन्। मुख्यालयमा संक्रमण कसरी फैलियो भन्ने अहिलेसम्म यकिन भएको छैन।अहिले संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको छ।
प्रवक्ता शाहीका अनुसार सुरूमा केही कर्मचारीलाई ज्वरोको लक्षण देखिएपछि परीक्षण गराउन पठाउँदा संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनीहरूको सम्पर्कमा आएकाहरूको परीक्षण गर्दा जम्मा ३५ जनामा संक्रमण देखिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *