चितवनका उद्योगहरुमा कुलपूंँजी लगानी २२ अर्ब

अर्थ/वाणिज्य समाचार

न्यूज अपडेट
चितवन, १२ साउन


घरेलु तथा साना उद्योग कार्यालयमा स्थापनाकालदेखि दर्ता भएका चितवनका सबै प्रकारका उद्योगहरु सञ्चालनमा हालसम्म २२ अर्ब भन्दा बढी लगानी भएको छ ।
कार्यालयका अनुसार उद्योग स्थापनादेखि हाल ती उद्योगहरुको कुल पूंँजी लगानी २२ अर्ब २८ करोड ३३ लाख ६ हजार रुपैंयाँ रहेको हो । यी मध्ये सबै भन्दा बढी उत्पादन मुलक उद्योगमा भएको छ भने सबै भन्दा कम निर्माणमुलक उद्योगमा रहेको छ ।
जसअनुसार उत्पादनमुलक उद्योगमा ८ अर्ब ४७ करोड ३ लाख ११ हजार र निर्माणमुलक उद्योगमा २ करोड ८० लाख रुपैंया कुल पुंँजी लगानी भएको छ । यस्तै कृषि तथा वनजन्य उद्योगको कुल पूंँजी लगानी ८ अर्ब ८१ करोड ९२ लाख ३९ हजार । सेवामुलक उद्योगको ३ अर्ब ९२ करोड ४ लाख ११ हजार , पर्यटनमुलक उद्योगको २ अर्ब ५३ लाख ५४ हजार र विज्ञान तथा सूचना प्रविधि उद्योगमा ३ करोड ९९ लाख ९० हजार कुलपूंँजी रहेको छ । तर खनिजजन्य र तथा उर्जामुलक उद्योग चितवनमा हालसम्म दर्ता नभएका कारण कुनै लगानी भएको छैन ।
ती उद्योगहरुको स्थीर पूंँजी १२ अर्ब ८६ करोड ८० लाख ४८ हजार रहेको छ चालु पूँजी ९ अर्ब ४१ करोड ५२ लाख ५९ हजार रहेको छ । जिल्लामा हालसम्म १२ हजार ५ सय ४६ उद्योगहरु दर्ता भएको तथ्यांक छ । गत आवबाट कार्यालयले ५ लाख देखि ५ करोड स्थिर पूंँजी भएका उद्योग दर्ता गर्दै आएको छ भने ५ लाख भन्दा कम स्थिर पूंँजी भएका उद्योग स्थानीय पालिकामा दर्ता हुने गरेको छ ।
५५ अर्ब बराबरको बार्षिक क्षमता उत्पादन जिल्लामा हालसम्म सञ्चालित १२ हजार ५सय ४६ वटा उद्योगहरुको बार्षिक क्षमता उत्पादन ५५ अर्ब भन्दा माथि रहेको छ । कार्यालयले दिएको तथ्यांक अनुसार ती सबै उद्योगहरुको बार्षिक उत्पादन क्षमता ५५अर्ब ४८ करोड ९४ लाख २९ हजार रुपैंया रकम बराबर रहेको छ ।

सांँढे ५३ हजार रोजगारी
जिल्लामा हालसम्म सञ्चालनमा आएका सबै उद्योगमा महिला र पुरुष गरी ५३ हजार ५ सय २३ जनाले रोजगारी पाएका छन । कार्यालयका अनुसार जिल्लामा ती उद्योगहरुमा १२ हजार ३ सय १३ पुरुष उद्यमी रहेका छन भने ३ हजार ३ हजार ६१ महिला उद्यमी रहेका छन । कार्यालयका प्रमुख नारायण लम्सालका अनुसार अघिल्लो बर्ष संघीय ऐन अनुसार महिला उद्यमीको लागि उद्योग दर्ता गर्न न्यूनतम रुपैंया २०० रुपैयांँ लिदै आएपनि हाल प्रादेशिक ऐन अनुसार हाल महिलालाई उद्योग दर्तामा छुट दिईएको छैन । कार्यालयमा हाल ५ लाख देखि २० लाख सम्म स्थिर पूंँजी भएको उद्योग दर्ता गर्दा १२ हजार १सय रुपैंया, २० लाख देखि १ करोड सम्मका उद्योगका लागि २० हजार १सय र १ करोड देखि ५ करोड सम्म स्थीर पूंँजी भएका उद्योगकको हकमा ३० हजार १सय दस्तुर कार्यालयले लिने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *