भारतले कहिले छाेड्ला नेपालप्रतिकाे हेपाहा प्रवृत्ति ?

राजनीति विचार विशेष समाचार समाचार

न्यूज अपडेट
भक्तपुर, ११ साउन


कुनै बखत उपनिवेश देशको रुपमा बेलायतले लामो समय शासन सञ्चालन गरेको परतन्त्र स्वीकार गर्न बाध्य रहेको देश हो भारत । अहिले भारत स्वयम पनि आफै परदेशीहरुलाई त्यसैगरी हेपाहा प्रवृत्ति देखाउने देश भएको छ । छिमेकी देशहरु नेपाल, भुटान, माल्दिभ्स, श्रीलंका लगायतका देशमा भारतले आफ्नो प्रतिनिधि मार्फत् मात्रै होइन कि प्रत्यक्ष रुपमा नै हस्तक्षेपकारी भूमिका खेल्ने गरेको छ । वर्ष दिन अगाडि मात्रै पनि कास्मीरलाई आफ्नो अधिनष्ट रुपमा कायम गरी त्यसको आधारमा भारतले नयाँ राजनीतिक नक्सा तयार पार्दा नेपालको लिम्पियाधुरा र लिपुलेक क्षेत्र जस्ता ऐतिहासिक कालदेखि नेपालको भूमि रहेको स्थानसमेत आफ्नो नक्साभित्र पारेपछि नेपालले त्यसको प्रतिक्रिया दियो । यो मामला हाल विचाराधिन नै छ । यस्तो बेलामा भारतले एकतर्फी रुपमा सो स्थान भएर तिब्बत मानसरोबर जाने सडक बाटो निर्माण गरी त्यसको भिडियो कन्फरेन्स मार्फत् उद्घाटन पनि ग¥यो । यसरी हेपाहा प्रवृत्ति देखाएको छ ।
आज कोरोना भाइरसको कारण आआफ्ना देशका नागरिक बाहेक अन्य देशभित्रका नागरिक आफ्नो देशमा भित्र्याउन अत्यन्तै होस गर्नुपर्ने अवस्था छ । यो कुटनीतिक रुपमा पनि नमिल्ने कुरो भएको छ । उहान प्रान्त एक स्थानमा कोरोना भाइरस संक्रमण भएको बखत चीनले आफ्नो देशभर लकडाउन गरी सम्पूर्ण विश्वविद्यालय, स्कुल र यातायात बन्द गरी कडा रुपमा संसारलाई लकडाउन नै कोरोना भाइरसको महामारी रोक्ने एक मात्रै अचुक उपाय हो भन्ने देखाइ दियो । अहिलेसम्म पनि चीनले अन्तर्राष्ट्रिय हवाई सञ्चालनमा ल्याएको छैन । त्यसो भनेको चीनले विदेशी नागरिकलाई आफ्नो देशमा भित्र्याएको छैन । कतिपय त्यहाँ बस्ने गरेका विदेशी नागरिकलाई समेत क्रमशः बाहिर पठाउने काम गरेका छन् । यो हिसावले अहिले आएर चीन कोरोना मुक्त देश भयो भने पनि हुन्छ । कुनै बखत पहिलो र भयाबह रुप लिएको कोरोना भाइरसको महामारी फैलिएको देश चीनले गरेको यो साहसिक कदमलाई विश्वले मुक्त रुपमा प्रशंसा गर्ने गरेको छ ।
यस्तो बेलामा नेपालमा धेरै जसो भारतबाट आएका मानिसहरुबाटै कोरोना भाइरसको संक्रमण फैलिने सम्भावना छ । अहिलेसम्म रोग शुरु भएको विषयमा जानकारी लिने हो भने पहिला झापामा देखा प¥यो । त्यसपछि नेपालगञ्जमा देखा प¥यो । भनौं कि उपत्यका छोडेर मानिसहरु जिल्ला जिल्लामा गएको बखत उपत्यकाभित्र कोरोनाको कुनै पनि प्रभाव देखा परेको थिएन । तर पछि जब बाहिर गएका मानिसहरु भित्र आउन शुरु भयो । जिल्ला जिल्ला र उपत्यकाभित्र पनि प्रकोप शुरु हुन थाल्यो । यो भनेको भारतले नेपालमा कोरोना प्रवेश गराएको हो । केही समय अगाडि मात्रै फ्रासबाट आएकी १९ वर्षीया एक महिलालाई पहिलो पल्ट नेपालमा कोरोना पुष्टि भएको भनिए पनि हुलकुलको कारण हुने यो रोग भारत जस्तो अत्यन्त धेरै जनसंख्या भएको देशबाट नेपालमा फैलिएको देखिन्छ । चीन र नेपाल बीच अत्यन्तै अग्ला हिमाल पहाड भएका कारण साथै हवाई मार्ग पनि बन्द गरेका कारण उताबाट यता रोग प्रवेश गर्ने सम्भावना अत्यन्तै न्यून छ । तर भारत र नेपालको नाका खुला छ । बन्द गर्न खोजे पनि रातारात नदीमा पौडेर आउने साहसी नेपाली छन् । यो हिसाबले आफ्नो देशप्रति नेपाली कतिको ममता राख्छन् भन्ने देखाउँछ । मर्नु परे पनि आफ्नै देशको माटोमा मरौंला, रोग लागे लागोस् भन्ने धारणा थियो ।
यस्तो समयमा भारतीय मूलका नेपालीलाई यहाँ प्रवेश गराइएन भन्ने एउटा निहुँ राखेर भारतीय पक्षले नेपाली अस्थायी चौकीमाथि आक्रमण गरी एक हवल्दारलाई घाइते समेत पारेको छ । यो अत्यन्तै दुःखद् निन्दनीय घटना भएको छ । सीमा बन्द गरेकै कारण रौतहटमा उक्त महिला नेपाल प्रवेश गर्न नपाएको हो । सीमा बन्द गरिएको कुरा स्वयम् सो महिला पनि जानकार नै थियो । तर के निहुँ पाउँ कनिका बटुलूँ भने झैं गरी भारतीय पक्षले नेपाली प्रहरीलाई आक्रमण गर्ने कार्य गरेको थियो । यो घटनालाई हेर्ने हो भने यो नागरिक स्तरको झगडा मात्रै नभएर एक हिसाबले भारतले पुनः एक पल्ट नेपाललाई हेपाहा प्रवृत्तिले हेरेको घटना झैं देखिएको छ । भारतीय सीमा क्षेत्रमा खटेका सशस्त्र प्रहरीलाई आक्रमण गरेको भनेको एक हिसाबले नेपालको सार्वभौमसत्ता माथि नै धावा बोलेको सरह हो । हवल्दार लीलाबहादुर थापा घाइते हुने गरी भएको आक्रमणलाई जति सुकै निन्दा गर्दा पनि पुग्दैन । यस्तो घटना यो नै पहिलो भने होइन ।
आफ्नो देशको सार्वभौमसत्ता रक्षाका लागि खटेका प्रहरीलाई घरेलु हतियारले आक्रमण गर्नु भनेको एक हिसाबले नेपाल प्रतिको हेपाहा प्रवृत्ति नै हो । एक हिसाबले ठूलो देश भयो भन्दैमा उनको हैसियत धैरै हुने होइन । आआफ्नो देशको सार्वभौमसत्ता भनेको त्यतिकै ठूलो हुने गर्दछ । त्यसो भएर पनि यसरी आक्रमण गर्न आएका विरुद्ध नेपाल प्रहरीले बाध्य भएर हवाई फायर गरेको थियो । नेपालबाट सार्वभौमिकता रक्षाको लागि खटेका पन्ध्र जवान प्रहरीले एक भएर सो महिलालाई नेपाल प्रवेश गर्न नदिएको हो । सीमा बन्द रहेको बखत यसरी प्रवेश नगराउनु उनीहरुको आफ्नो कर्तब्य पनि हो । यसो भएकोले भारतीय नागरिकलाई पक्राउ गरी थुनेको थियो । रवीन्द्र कुशबाहाक नामक भारतीय नागरिकलाई थुनेको छ । घटनामा ५० जना सशस्त्र प्रहरी सहित गण प्रमुख र सशस्त्र प्रहरी लिएर नेपाल प्रहरीको टोली पनि घटना स्थलमा पुगेको थियो ।
यसरी एकातिर नेपाल देशको आवश्यकता वा लकडाउन पूर्ण रुपमा खुला नभएको र रोग पूर्ण रुपमा नियन्त्रणमा नआएको कारण भारतीय नागरिकलाई प्रवेश रोक लगाएको अवस्थामा भएको घटनालाई अप्रत्यासित घटनाको रुपमा लिइएको अवस्था छ । अर्काेतिर यही समयमा भारतीय पक्षले एक पक्षीय ढंगमा निर्माण गरिएको लक्ष्मणपुर बाँधका कारण प्रत्येक वर्ष झैं यो वर्ष पनि २४ हजार नेपाली जनता डुवानको मारमा परेका छन् । यो वर्ष पनि सो घटनाले निरन्तरता पाएको छ । यो समय लक्ष्मणपुर बाँधका कारण त्यहाँ जलमग्न भएको छ । लामो समयसम्म पानी परेका कारण यो समस्या देखा परेको हो । श्रावण महिना भएसँगै जिउ ज्यान जाला भनेर नै त्यहाँका मानिसहरु विस्थापित हुने गरेका हुन्छन् । बाँके जिल्लाको राप्ती नदी भएर आउने यो बाढी वस्तीमा प्रवेश गरेर सदा आफ्नो ताण्डब नृत्य देखाउने गरेका छन् । त्यहाँका स्थानीय नागरिकहरु मनसुनको समयमा कालो बादल आकाशमा देखा प¥यो कि भनी त्रष्ट हुने गर्दछन् । यो पनि एक हिसाबले भारतीय पक्षले नेपाल प्रति गरिरहेको हेपाहा प्रवृत्ति नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *