२४ घण्टामा २५०३ जना कोरोना संक्रमित संक्रमणमुक्त

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २९ कात्तिक

पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

यो सँगै नेपालमा  १ लाख ७० हजार ६ सय ३२ जना संक्रमित  उपचारपछि निको भएका छन्।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ९४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ।

आज देशभर ३६ हजार ४५२ सय जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा १३ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १ हजार २ सय १५ पुगेको छ।

पछिल्लो २४ घण्टामा ८ हजार ७५३ जनाको पिसिआर परीक्षण भएको छ।

मन्त्रालयका अनुसार १ हजार ५७ जना क्वारेन्टाइनमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *