काठमाडौंमा ८ जना कोरोना संक्रमित थपिए

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ११ साउन

आइतबार काठमाडौंमा ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँ ८ जना संक्रमित थपिएको जानकारी दिए।

योसँगै काठमाडौंँमा संक्रमित हुनेको संख्या २ सय ८५ पुगेको छ।

काठमाडौं उपत्यका सहित पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ सय ३० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। नेपालमा संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको छ।

पछिल्लो २४ घन्टामा थप ७५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १३ हजार १ सय २८ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *