७ दिने बृहत निःशुल्क योग शिविर उदघाटन

समाचार स्वास्थ्य

मुना मुसिख्वाल
भक्तपुर, ९ साउन


सूर्यविनायक ९ साउन योग गरौ स्वास्थ्य बनौ भन्ने नाराका साथ सूर्यविनायक न.पा. वडा नं.७ मा साउन ८ गते योग शिविरको उद्घाटन प्रतिनिधि सभा सदस्य पुर्वमन्त्री महेश बस्नेत ज्यूद्धारा उदघाटन भएको छ । योग सूर्यविनायक वडा नं. ७ अवस्थित गुण्डु स्वास्थ्य चौकीको हलमा विहान ५ देखि ८ बजेसम्म सञ्चालन हुनेछ । व्यबस्था जिवन शैलीमा योगले ठूलो परिवर्तन ल्याउन सकिन्छ । सो शिविर पतञ्जली योग समिति नेपाल जिल्ला शाखा कार्यालय सृजनानगर,भक्तपुरले आयोजना गरेको छ । योग कार्यक्रममा विद्यार्थी, विभिन्न पेशाकर्मीहरुको सहभागिता थियो । सो कार्यक्रममा सोही वडाका वडा अध्यक्ष रविन्द्र सापकोटाको पनि उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *