माघ १० गते मकवानपुरगढी विजयोत्सव

समाचार

हेटौँडा, ३ माघ


यही माघ १० गते यहाँ मकवानपुरगढी विजयोत्सव मनाइँदैछ । दुई सय ५६ वर्षअघि भारत बङ्गालको मुगल सेनाले गरेको आक्रमणको जवाफमा गोरखाली सेनाले विजय गरेको दिनलाई विजयोत्सवका रुपमा मनाउने गरिएको छ । विसं १८१९ माघ १० गते गुरगिन खाँ नेतृत्वको मुसलमान सेनाको आक्रमणबाट गोरखालीले विजय गरेको बताइएको छ ।
गाउँपालिकाका अध्यक्ष विदुर हुमागार्इंले उक्त दिन हेटौँडाको चौकीटोलदेखि मकवानपुरगढीसम्म २१ किलोमिटरको दौड प्रतियोगिता तथा पर्यटन प्रवद्र्धन तथा कार्यक्रमलाई थप रोचक बनाउन हाफ म्याराथन प्रतियोगिता आयोजना हुने बताए ।
प्रतियोगितामा सातै प्रदेशका दुई दुई धावक तथा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका धावकले सहभागिता जनाउनेछन् । प्रथम हुनेलाई रु ५० हजार, द्वितीयलाई रु २५ हजार र तृतीयलाई रु १५ हजार तथा चौथो र पाँचाँैलाई रु पाँच पाँच हजार पुरस्कार प्रदान गरिने छ । नेपाली सेनासँगको सहकार्यमा गाउँपालिकाले कार्यक्रम आयोजना गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत भीम परियारले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *