सम्पदा संरक्षणमा नयाँ पुस्ताको सक्रियता उत्साहप्रद

विशेष समाचार समाचार

भक्तपुर, ११ असोज

भक्तपुर नगरपालिका र भक्तपुर पर्यटन विकास समितिको आयोजनामा ३९ औं विश्व पर्यटन दिवसको अवसरमा भक्तपुरको कला, संस्कृति, सम्पदा, पर्यटनसम्बन्धी विविध गतिविधिहरूको सूचनामूलक वेभ साइटको सार्वजनिकीकरण गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें ९रोहित०ले भाषा, संस्कृति र धरोहर विश्वकै सम्पत्ति भएको बताउँदै मानव सभ्यताको निम्ति डिजिटल प्रविधि नेपाली सभ्यता विश्वमाझ थाहा दिने राम्रो माध्यम भएको बताए ।
उनले भक्तपुरको कला–संस्कृतिलाई व्यापारिक प्रयोजनको निम्ति मात्र प्रचार गर्नुभन्दा पनि मानव सभ्यताकै निम्ति प्रचार गर्न आवश्यक हुने बताएका छन्। नयाँ पुस्तालाई समेटेर सम्पदा संरक्षण गर्नु सकारात्मक कार्य हुनेमा उनले जोड दिए ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अनुपम सम्पदा भएको ठाउँमा पर्यटक आकर्षण गर्न प्रचारप्रचारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै भक्तपुर नगरपालिका सम्पदा पुनःनिर्माण र जीर्णोद्धारमा निरन्तर लागिरहेको बताए । भक्तपुरको भविष्य पर्यटन व्यवसाय हुने बताउँदै भनपाले चिनियाँ भाषा प्रशिक्षण तथा स्थानीय पथप्रदर्शक तालिमजस्ता पर्यटक केन्द्रित गतिविधि गरिरहेको उनी बताउँछन् ।
प्रदेशसभा सांसद सुरेन्द्रराज गोसाईंले नयाँ प्रविधि अँगालेर विश्वका जनतामाझ पुग्नु सकारात्मक रहेको बताउँदै यसको संवद्र्धन र प्रवद्र्धनमा ध्यान दिंदै अगाडि बढ्नुपर्ने विचार व्यक्त गरे ।
भक्तपुर पर्यटन विकास सङ्घका अध्यक्ष रामसुन्दर भेलेले व्यवसाय र सूचनालाई समयसापेक्ष रुपमा अगाडि बढाउन डिजिटल रुपान्तरणले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा डिजिटल प्रविधिका विज्ञद्वय सौरभ ढकाल र सरोज ढकालले इन्टरनेटमार्फत संसार डिजिटल भएको बताउँदै उनले पर्यटन प्रवद्र्धनमा विश्वव्यापीकरण आवश्यक भएको बताए । नयाँ पुस्तालाई कला–संस्कृतिबारे जानकारी दिन पनि डिजिटल प्रविधिलाई औजारको रुपमा प्रयोग गर्नुपर्ने उनीहरुको कथन थियो ।
उक्त कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, वडा अध्यक्ष र जनप्रतिनिधिलगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *