सप्तकोशीमा पानीको सतह बढ्यो ५० ढोका खुला

विज्ञान/प्रविधि समाचार

न्यूज अपडेट

काठमाडाैं, ७ साउन

निरन्तर परेको पानीले सप्तकोशी नदीमा पानीको सतह बढे पछि ५० वटा ढोका खुल्ला गरिएको छ। पानीको वहाव यस वर्षकै उच्च मापन गरिए पछि खतराको संकेत पनि पार गरेको भन्दै उच्च सर्तकता अपनाउदै ढोका खुला गरिएको जनाएको छ।

सप्तकोशीको बहाव मंगलबार बिहान ८ बजेको मापन अनुसार ३ लाख ४२ हजार ९ सय ७० मापन गरिएको छ । सप्तकोशीको बहाव क्षमता भन्दा दोब्बरले वृद्धि भए पनि अहिले ५० वटा ढोका खुला गरिएको छ । कोशीमा डेढ लाख क्युसेक पानीको बहाव पुग्दा खतराको सुचक स्वरूप रातो बत्ती बाल्ने गरिन्छ ।

ब्यारेजका दुईवटै नहर बन्द गरिएको छ । पानीको बहाव थेग्न नसकेर नहर भत्किन सक्ने भएकाले नहर बन्द गरिएको हो । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले सप्तकोशीमा बहाव बढ्दो क्रममा रहेको जनाएको छ ।

त्यसैले सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा बुधबार विहानसम्म उच्च सतर्कतासाथ रहन वा सुरक्षित स्थानमा जान सूचित गरेको छ । स्थानीय प्रशासनले जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना प्रवाह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *