सुनको भाउमा नयाँ रेकर्ड, ताेलाकाे ९४ हजार

अर्थ/वाणिज्य समाचार

न्यूज अपडेट

काठमाडाैं, ७ साउन

सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको ९४ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा १३ सय रुपैयाँ बढेको हो ।

यस्तै चाँदीको भाउ आज तोलामा ९५ रुपैयाँ बढेर तोलाको १ हजार १ सय ३५ रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । कोरोना सङ्क्रमणका कारण विश्व अर्थतन्त्र खराब अवस्थामा गइरहेकाले लगानी सुरक्षित गर्नका लागि सुनचाँदीमा आकर्षित हुँदा भाउ महँगो भएको महासङ्घ अन्तर्गतको सुनचाँदीको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *