लगातार वर्षाको कारण देशभर अस्तबेस्त, सबै किसिमका राजमार्ग अवरुद्ध

विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, ६ साउन

निरन्तरपरेको अविरल वर्षाकारण देशभरकाको अवस्था अस्तबेस्त बनेको छ ।
बर्षाकारण सबैकिसिमका राजमार्गमा अवरोध भएको सडक विभागले जनाएको छ ।

वर्षाकारण मुख्य सडक पृथ्वी राजमार्ग सोमबारदेखि नै अवरुद्ध भएपनि अझै खुल्न सकेको छैन । धादिङ र चितवनको सीमामा पर्ने मौवा खोलामा पुल बाढीले बगाएपछि सडक अवरुद्ध भएको हो ।

यस्तै नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो, मलेखु धादिङबेसी सडकखण्डको परेवाटार, बाँके धन्सार सडकखण्डको चपुरदेखि झण्डै ३ किलोमिटर पूर्वको जुडिवेला कजवेमा र सिद्धिचरण राजमार्गको सिस्नेरी भिर र साल्मे भिरमा पनि पहिरो खसेपछि बाटो अवरुद्ध भएको सडक विभागले जनाएको छ ।

यस्तै सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको गौडे पुलमा पहिरो खसेको तथा बेनी जोमसोम कोरोला सडकखण्ड अन्तर्गत म्याग्दीको काभ्रेभिर, दाना, गलेश्वर र म्याग्दीकै घोप्टेभिरमा पहिरोले बेलिब्रिज बगाउँदा सडक अवरुद्ध भएको छ ।

कान्ति लोकपथको घट्टे पख, बाग धारा, शिलालेख र छपेलीमा, साँफेबगर मार्तडी सडकको अम्कोट द्धावारी खण्ड तथा बेसीशहर चामे सडक अन्तर्गतको घोप्टे खोला, रामबजार र च्याम्चेमा खसेको पहिरो खसेकाले सडकखण्डमा गाडी चल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *