भक्तपुरमा पनि हिमपात

विशेष समाचार समाचार स्वास्थ्य

भक्तपुर १६ फागुन


उपत्यका लगाएत देशका बिभिन्न स्थान हिउँ परेका बेला भक्तपुर पनि हिउँ मय भएको छ । भक्तपुरमा भने १२ वर्षपछि हिउँ परेको हो । वि सं २०६३ साल फागुन २ गते भक्तपुरमा हिउँ परेको थियो । सो बर्ष उपत्यका लगाएत बिभिन्न स्थानमा हिमपात भएको थियो भने पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बुधबारदेखि परेको वर्षाका कारण भक्तपुरका विभिन्न क्षेत्रमा आज बिहान ६ बजेर ४५ मिनेटदेखि ७ बजेर १० मिनेटसम्म भक्तपुरका विभिन्न क्षेत्रमा हिमपात भएको हो ।

त्यसैगरी भक्तपुरको नगरकोट, सुडाललगायत उच्च स्थानमा गएराति देखिनै हिमपात भएको थियो । हिउँ खेल्न बिभिन्न स्थानमा जाने स्थानीहरुलाई आज घर आगनमै हिउँ परे पछि रमाइलोको मौसम जुरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *