काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ३७३, सोमबार ३ जना थपिए

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ५ साउन

सोमबार काठमाडौं उपत्यकामा तीन जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा २ जना र ललितपुरमा १ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको हो।

काठमाडौं उपत्यकामा हालसम्म ३७३ कोरोना संक्रमित भेटिएका छन्। काठमडौंमा सबैभन्दा धेरै २४९, ललितपुरमा ७९ र भक्तपुरमा ४७ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको छ।

सोमबार देशभर १८६ जना थप कोरोना संक्रमित थपिएपछि कूल संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ। १७३ जना व्यक्ति कोरोना संक्रमणमुक्त भएपछि निको हुनेको संख्या ११ हजार ८६८ पुगेको छ।

हालसम्म ४० संक्रमितको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *