मनकामना केबुलकारले गरायो सरकारलाई ध्यानाकर्षण

अर्थ/वाणिज्य मनोरञ्जन विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, ३ साउन

sharethis sharing button

मनकामना मन्दिर दर्शनका लागि सञ्चालित देशकै पहिलो केबुलकार मनकामना केबुलकारले आगामी दिनहरुमा उच्च सुरक्षाका उपायहरु अपनाएर व्यवासायिक क्षेत्रहरु खुल्ला गर्नुपर्नेमा जोड दिएको छ । कोरोना भाइरस महामारीले पारेको प्रभावलाई आत्मसात गर्दै केबुलकारले व्यावसायिक क्षेत्र खुलाउन सरकारसँग आग्रह समेत गरेको छ ।

उक्त कम्पनीले लामो दुरीका यातायातलाई समेत सञ्चालन गर्दै पर्यटन र धार्मिक क्षेत्र लगायतका सबै क्षेत्र खुल्ला गराउन आग्रह गरेको हो । कोरोना कहरले निम्त्याएको संकट सामना गर्न नागरिकहरु समेत सजग र सचेत भईसकेकाले सुरक्षामा कुनै पनि कसर बाँकी नराखी अबिलम्ब पर्यटन व्यावसायिक क्षेत्रका साथै धार्मिक क्षेत्र समेत खुलाउनतर्फ सरकारले चासो दिनुपर्नेमा कम्पनीले जोड दिएको छ ।

लामो समयदेखि यी प्रतिष्ठानहरु बन्द हुँदा समग्र देशको आर्थिक क्षेत्र नै धरासायी हुन पुगेकाले अर्थतन्त्र चलायमान बनाउन पनि अब सतर्कतापूर्वक यस्ता क्षेत्र सञ्चालन हुनुपर्नेमा कम्पनीले जोड दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *