२४ घण्टामा ३३४ जनामा कोरोना भाइरसको पिसिआर परीक्षण, नयाँ संक्रमित देखिएनन्

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

नेपालमा गत २४ घण्टामा गरिएका ३ सय २४ जनाको कोभिड१९ परीक्षणमा नयाँ पोजिटिभ केस नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयको कोभिड१९ सम्बन्धी मिडिया बिफ्रिङमा स्वास्थ्य प्रवक्ता डा विकास देवकोटाले देशभर गत २४ घण्टामा नयाँ कोरोना भाइरस पोजिटिभ नदेखिएको जानकारी दिए।

उनले देशभर हालसम्म ८ हजार ४ सय १४ जनाको पिसिआर प्रविधिबाट नमुना परीक्षण भएको जानकारी दिए।

नेपालमा हालसम्म ३१ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ। जसमध्य ४ जना निको भइसकेका छन्। बाँकि २७ जनाको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको स्वास्थ्य स्थिति सामान्य रहेको प्रवक्ता देवकोटाले बताए।

प्रदेश नम्बर १ को कोशी अस्पतालमा १३ जना, प्रदेश २ को नारायणी प्रादेशिक अस्पताल ४ जना, सुदुरपश्चिम प्रदेशमा ३ जना, वागमति प्रदेशमा टेकु अस्पतालमा १ र चितवनमा २ जनाको उपचार भइरहेको छ।

सरकारले देशका सबै जिल्लामा दूत परीक्षण आरडिटी प्रविधिबाट पनि परीक्षण भइरहेको जनाएको छ। हालसम्म देशभर २५ हजार १ सय ४८ जनाको परीक्षण भएको  जनाएको छ। गत २४ घण्टामा ३ हजार १९ जनाको परीक्षण भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *