वित्तिय संस्थाका ऋण उठाएर फर्कदै गरेका कर्मचारी माथि गोलि प्रहार, ४ लाख रुपैया लुटिए

समाचार

धरान,१२ जेठ


धरान स्थित जीवन विकास लघुवित्त वित्तिय संस्थाका शाखा कार्यलयमा कार्यरत फिल्ड सहायक कर्मचारीलाई गोलि हानी उनको साथबाट करिब ४ लाख रुपैया लुटिएको छ ।
धरानको वडा नम्बर ५ स्थित साउने टारमा उनलाई ३ जनाको समुहले गोलि प्रहार गरी उनको साथमा रहेको करिब ४ लाख रुपैया लुटिएको हो । जीवन विकास लघुवित्त बित्तिय संस्थाका कर्मचारी शम्भु गच्छादार माथि गोली प्रहार गरेर उनको साथमा भएको नगद लुटेर लगेको प्रहरीले जनाएको छ । मोरङको केराबारी गाउँपालिका स्थित याङशिलाको लामिछाने टारबाट कर्जा रकम उठाएर फर्कने क्रममा गच्छदारलाई ३ जनाको समुहले गोलि प्रहार गरेको थियो ।
घाइते गच्छदारका अनुसार मोटरसाईकल केही पर रोकी लुटेराहरुले प्रहरी हुँ भन्दै चेकजाँच गर्न खोजेका थिए । दुई जनाले हातमा पेस्तोल देखाएर कर्जा उठाएर ल्याएको ब्याग खोस्न खोज्दा उनले ब्याग आफु तिरै तानेका थिए । त्यसै बिच एउटाले ढुङगा टिपेर उनको टाउकोमा प्रहार गरे र दुई जनाले अन्धाधुन्ध गोलि चलाउन थाले । ४ राउण्ड गोलि प्रहार गरे पनि उनलाई दुई गोलि लागेको थियो । गोलि प्रहारबाट गच्छादारको देब्रे पाखुरा र पेटको देब्रे पट्टि गोलिले छेडेर वारपार भएको छ । उनको हाल वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपाने सहितको टोली गएको छ । घटनापछि धरान र आसपासको नाकामा कडाई गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख राजन अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *