१९ महिने बालिकासहित लमजुङका २२ जनामा कोरोना संक्रमण

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट
पोखरा, २ साउन


गण्डकी प्रदेशमा थप २२ जनामा कारोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै लमजुङका हुन् । संक्रमितहरु १९ महिनादेखि ७४ वर्ष उमेर समूहका छन् ।उनीहरु सबैको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको थियो । लमजुङको ५ स्थानीय तहमा नयाँ कोरोना संक्रमित फेला परेका हुन् ।
कोरोना संक्रमण पुष्टि हुनेमा लमजुङ मस्र्याङ्दी गाउँपालिकाका ६ जना, दोर्दीं गाउँपालिकाका ४ जना, राइनास नगरपालिका ६ जना पुरुष र १९ महिने बालिकासहित २ महिला, दूधपोखरीका ३८ वर्षीय एक पुरुष, क्वोलासोंथरका २ जना पुरुष र बेंसीसहरका ४७ वर्षीय एकजना पुरुष छन् ।
संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी स्वास्थ्य निर्देशनालय प्रमुख डा विनोनविन्दु शर्माले जानकारी दिए ।यसअघि शुक्रबार बिहानमात्रै गण्डकीमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार २७८ पुगेको छ । जसमध्ये ९२५ जना कोरोना संक्रमित डिस्चार्ज भएर घर फर्किइसकेका छन् । गण्डकीमा ४ जना पुरुषको कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा, बागलुङ र स्याङजाका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *