दुईदिने सञ्चालक क्षमता अभिवृद्धि तालिम सम्पन्न

अर्थ/वाणिज्य विशेष समाचार समाचार

सानो गल्तीले ठूलो समस्या आउन सक्ने चुनाैतीबाट सचेत हुन जाेड

न्यूज अपडेट संवाददाता
भक्तपुर, १३ जेठ


भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा भएको दुईदिने सञ्चालक क्षमता अभिवृद्धि तालिम शनिबार सम्पन्न भएको छ ।

तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि एवं संस्थाका पूर्व अध्यक्ष रत्न प्रसाद प्रजापतिले विगतका वर्षहरुमा पनि संस्थालाई संस्थागत रुपमा विकास गर्न विभिन्न तालिमहरु सञ्चालन गरेको स्मरण गर्दै यस तालिमले संस्थामा आएका चुनौतीहरुको सामना गर्न सिकाएको बताए । उनले सहकारीलाई स्थानीयबाटै सञ्चालन गर्नुपर्नेमा अन्यथा भएकाले विभिन्न संस्थामा समस्या आएको बताए ।


प्रशिक्षक एवं नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)का विभागीय प्रमुख दुर्गा प्रसाद ढकालले सानो गल्तीले गर्दा नै सहकारीहरुमा समस्या आउने बताउँदै उनले संस्था चलाउँदा ऋणीहरुको राम्ररी वर्गीकरण गर्नुपर्नेमा जोड दिए । साथै उनले हरेक महिना पल्र्सको विश्लेषण गर्नुपर्ने औल्याए । नेफ्स्कूनको सञ्जालिकृत रणनीति अनुसार हिड्नुपर्ने उनको जोड छ । उनले सहकारीको नाउँमा अरु काम गर्नेले गर्दा नै कालो बादल लागेको स्पष्ट पार्दै उनले विभिन्न संयन्त्रको विकास गरी यिनीहरुलाई हटाउनुपर्ने बताए ।

सभापति एवं संस्थाका अध्यक्ष निर्मल प्रजापतिले संस्थाले हिजो लिएका नीति, नियम र कार्ययोजना तालिम अपुग भएकै कारण यो तालिमको खाँचो भएको बताए । उनले यस तालिमले संस्थाको विकासका लागि नयाँ ऊर्जा थपेको बताए । साथै उनले तालिमका प्रशिक्षकहरुलाई धन्यवाद व्यक्त गरेको थियो ।

संस्थाका सचिव जगनाथ प्रजापतिले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथिबाट प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरेको थियो ।


पहिलो दिन प्रमुख अतिथि एवं पूर्व अध्यक्ष रत्न प्रसाद प्रजापतिले उद्घाटन भएको पहिलो दिनको तालिममा प्रशिक्षक श्यामकृष्ण दाहालले ‘सहकारीमा सम्पत्ति शुद्धीकरणः निवारणको आवश्यकता र प्रभावकारिता’ विषयमा प्रशिक्षण दिएको थियो । शनिवारको तालिममा प्रशिक्षकहरु प्रेम वाग्लेले सहकारी सिद्धान्त र असल अभ्यास र कार्ययोजना, बजेट निर्माण तथा समीक्षा विषयमा, सिए विदुर लुइटेलले एनएफआरएसको परिचय, आवश्यकता र औचित्य तथा प्रभावकारिता विषयमा र दुर्गा प्रसाद ढकालले आन्तरिक नियन्त्रण/जोखिम व्यवस्थापन/ऋण व्यवस्थापन विषयमा प्रशिक्षण दिएको संस्थाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *